Date
शनि, साउन १६, २०८३
Sat, August 1, 2026

लागु औषधकाे कारमा तस्करी, वीरगंजका अनिल पक्राउ

spot_img
spot_img

वीरगंज । लागु औषध एम्पुल र नाईट्राभेटसहित एउटा कार प्रहरीले पक्राउ गरेकाे छ । प्रहरीले वीरगंज महानगरपालिकाकाे वडा नं. १६ रजतजयन्ती चोकबाट बिआर ०७ वाई ८२०१ नम्बरकाे कार र वीरगंज १० निवासी ३१ बर्षिय अनिल कुमारलाई पक्राउ गरेकाे हाे ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरिक्षक प्रज्वल थपलियाको कमाण्डमा खटिएको टोलीले शुक्रबार दिउसाे ४:४६ बजे लागु औषध एम्पुल तथा नाईट्राभेट बाेकेकाे कार र अनिललाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

रजतजयन्ती चोकस्थित सडकखण्डमा सुजुकी मारूती अल्टो कारलाई रोकी जाँच गर्दा  अनिल कुमारले उक्त कारको सिटमुनी फल्स बटम बनाई कागजले वेरी राखेको अवस्थामा लागु औषध फेनारगन ८८६ एम्पुल, डाइजेपाम ११५५ एम्पुल र नुरफिन ९७८ एम्पुल गरी जम्मा ३०१९ एम्पुल तथा नाईट्राभेट १७८५ ट्याब्लेट फेला परेको प्रहरीले जनाएकाे छ ।

उक्त लागु औषधसहित कार र अनिललाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा कुटपिट घटनामा संलग्न एक जना पक्राउ, धार्मिक सद्भाव नबिगार्न प्रहरीको अपिल

वीरगंज । वीरगंज महानगरपालिका–२ स्थित ईदगाहा चोकमा भएको कुटपिट घटनामा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार शुक्रबार साँझ...

गृह मन्त्री र गणेश यादवका परिवारबीच सम्झौता, १० लाख राहत र रोजगारी दिने सहमति

सिरहा । सिरहाको औरही गाउँपालिका–२, मोतिपुरमा गत श्रावण १४ गते भएको घटनामा मृत्यु भएका गणेश यादवका परिवार र गृह मन्त्रालयबीच सात बुँदे सम्झौता भएको...

‘मेयर पदमुक्ति लोकतन्त्रमाथिको प्रहार’ : एमालेले आफ्नै मुखमा हिलो छ्याप्यो– प्रभु साह

वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेकपा (एमाले)ले लोकतान्त्रिक मूल्य–मान्यताको उल्लंघन गर्दै लोकतन्त्रलाई नै मजाक बनाएको आरोप लगाएका छन्।...