Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

लागु औषधकाे कारमा तस्करी, वीरगंजका अनिल पक्राउ

spot_img
spot_img

वीरगंज । लागु औषध एम्पुल र नाईट्राभेटसहित एउटा कार प्रहरीले पक्राउ गरेकाे छ । प्रहरीले वीरगंज महानगरपालिकाकाे वडा नं. १६ रजतजयन्ती चोकबाट बिआर ०७ वाई ८२०१ नम्बरकाे कार र वीरगंज १० निवासी ३१ बर्षिय अनिल कुमारलाई पक्राउ गरेकाे हाे ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरिक्षक प्रज्वल थपलियाको कमाण्डमा खटिएको टोलीले शुक्रबार दिउसाे ४:४६ बजे लागु औषध एम्पुल तथा नाईट्राभेट बाेकेकाे कार र अनिललाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

रजतजयन्ती चोकस्थित सडकखण्डमा सुजुकी मारूती अल्टो कारलाई रोकी जाँच गर्दा  अनिल कुमारले उक्त कारको सिटमुनी फल्स बटम बनाई कागजले वेरी राखेको अवस्थामा लागु औषध फेनारगन ८८६ एम्पुल, डाइजेपाम ११५५ एम्पुल र नुरफिन ९७८ एम्पुल गरी जम्मा ३०१९ एम्पुल तथा नाईट्राभेट १७८५ ट्याब्लेट फेला परेको प्रहरीले जनाएकाे छ ।

उक्त लागु औषधसहित कार र अनिललाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...