Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

राष्ट्रिय भूमि आयोग पर्साद्वारा जनप्रतिनिधीलाई अभिमुखीकरण

spot_img
spot_img

वीरगंज । पर्साको बहुदरमाई नगरपालिकामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय भूमि आयोग पर्साले बहुदरमाई नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरुको लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो ।

‘हाम्रो अभियान भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्याको समाधान हाम्रै पालामा’ भन्ने नारालाई साकार पार्न राष्ट्रिय भूमि आयोग पर्साले सक्रियता बढाएको छ । भूमिहिन, सुकुम्बासी, दलित एवम् अव्यवस्थित बसोबासीहरुको पहिचान कसरी गर्ने, कसलाई भूमि उपलब्ध गराउने, सूचना कसरी संकलन गर्ने लगायतका बारेमा राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमद र आयोगका सदस्य सुरेन्द्र सिंहले प्रशिक्षण दिएका थिए ।

सोही अवसरमा भूमि सम्बन्धी कामको सहजताका लागि सेवा केन्द्र सहजीकरण समिति गठन गर्ने र नगरपालिकामा सेवा केन्द्रको स्थापना पनि निर्णय भएको आयोग पर्साका अध्यक्ष अहमदले बताए । उनका अनुसार बाँकी रहेको सूचना तथा तथ्यांक संकलनका लागि केन्द्रीय आयोगलाई सिफारिस गर्ने पनि निर्णय गरिएको छ ।

अभिमुखीकरण कार्यक्रममा बहुदरमाई नगरपालिकाका नगर प्रमुख सिंगासन सा तेली, उप प्रमुख सुष्मा कुशवाह, भूमि आयोग पर्साका सदस्य हेम कुमारी भट्टराई, वडाअध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।

राष्ट्रिय भूमि आयोग पर्साले वीरगञ्ज महानगरपालिका, पर्सागढी र बहुदरमाई नगरपालिका र ठोरी गाउँपालिकामा सम्झौता गरेर गतिविधि अघि बढाएको छ । अन्य पालिकामा पनि दोस्रो चरणमा सम्झौता गरेर काम अघि बढाइने तयारी भइरहेको आयोगका अध्यक्ष अहमदले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मितेरी पुलबाट ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३...

सखुवा प्रसौनीको खाता खोल्न उपाध्यक्ष शर्मिलाको गाउँपालिका अध्यक्ष यादवलाई आग्रह

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसके पनि गाउँपालिकाको खाता सञ्चालन हुन नसकेको भन्दै गाउँपालिका...

घरजग्गा लिलामको विरोधमा एनआईसी एसिया बैंकअगाडि महिलाहरूको धर्ना

वीरगंज । ऋण चुक्ता गर्न तयार हुँदाहुँदै धितोमा राखिएको घरजग्गा बैंकले लिलाम गरेको आरोप लगाउँदै महिलाहरूको एक समूहले वीरगंजस्थित एनआईसी एसिया बैंकको वीरगंज शाखाअगाडि...