Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

पर्साका यादव जनप्रतिनिधिलाई सम्मान

spot_img
spot_img

वीरगंज । पर्साको स्थानीय तहमा निर्वाचित यादव जनप्रतिनिधिलाई शनिबार सम्मान गरिएको छ । यादव युवा समाज पर्साले एक कार्यक्रमका बिच यादव जनप्रतिनिधिलाई सम्मान गरेकाे हो ।

यादव पालिका प्रमुख, वडाध्यक्ष र सदस्यहरुलाई खादा र मायाको चिन्ह प्रदान गरि सम्मान गरिएको यादव युवा समाज पर्साका हरेन्द्र यादवले जानकारी दिए । उनका अनुसार पर्सामा निर्वाचित यादव जनप्रतिनिधिलाई हौसला प्रदान गर्न यो सम्मान गरिएको हाे ।

यादव समुदायबाट जिल्लाको सखुवा प्रसौनी गाउँपालिकाको प्रमुखमा यस्वन्त यादव र जगरनाथपुर गाउँपालिकाको प्रमुखमा श्रीकान्त यादव निर्वाचित भएका छन ।

यस्तै जिल्लाको अधिकांश पालिकाको वडाध्यक्ष र सदस्यमा यादव जनप्रतिनिधि निर्वाचित भएका छन ।

यादव युवा समाज पर्साका अध्यक्ष विनोद यादवको अध्यक्षतामा भएको कार्यक्रममा श्री श्री गोपाल सेवा समिति पर्साका अध्यक्ष बिरेन्द्र यादव, जसपाकी नेतृ मधुमाया यादव, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव, डाक्टर प्रीति यादव, डाक्टर अशोक यादव, तिवारी यादव लगायतकाले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण डा. घनश्याम यादवले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मितेरी पुलबाट ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३...

सखुवा प्रसौनीको खाता खोल्न उपाध्यक्ष शर्मिलाको गाउँपालिका अध्यक्ष यादवलाई आग्रह

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसके पनि गाउँपालिकाको खाता सञ्चालन हुन नसकेको भन्दै गाउँपालिका...

घरजग्गा लिलामको विरोधमा एनआईसी एसिया बैंकअगाडि महिलाहरूको धर्ना

वीरगंज । ऋण चुक्ता गर्न तयार हुँदाहुँदै धितोमा राखिएको घरजग्गा बैंकले लिलाम गरेको आरोप लगाउँदै महिलाहरूको एक समूहले वीरगंजस्थित एनआईसी एसिया बैंकको वीरगंज शाखाअगाडि...