Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

तेलि कल्याण समाजको केन्द्रिय सचिवालय बैठक सम्पन्न

spot_img
spot_img

वीरगंज । तेलि कल्याण समाज नेपालको केन्द्रिय सचिवालय बैठक शनिबार वीरगंजमा सम्पन्न भएको छ । समाजका केन्द्रिय अध्यक्ष शैलेन्द्र साहको अध्यक्षतामा बसेको बैठकले तेलि कल्याण समाजको तेस्राे केन्द्रिय महाधिवेशन अगामी असोज ५ र ६ गते वीरगंजमा गर्ने निर्णय गरेको छ । 

यस अघि काठमाडाैंमा भएकाे समाजकाे दुईटा महाधिवेश यसपालि वीरगंजमा हुने भएकाे तेली कल्याण समाज पर्साका अध्यक्ष ध्रव साहले जानकारी दिए । 

वीरगंजस्थित मकालु हाेटलमा बसेकाे समाजकाे सचिवालय बैठकले वीरगंजमा हुने महाधिवेशन सफल बनाउन समाजका केन्द्रिय अध्यक्ष शैलेन्द्र साह कै संयाेजकत्वमा १५१ सदस्यीय महाधिवेशन मुल समिती समेत गठन गरेको पर्सा अध्यक्ष ध्रव साहले वताए ।

यसैगरी बैठकले महाधिवेशन तयारीको लागि केन्द्रिय उपाध्यक्ष विश्वनाथ साहको संयाेजकत्वमा ११ सदस्यीय अर्थ समिती गठन गर्नुकाे साथै निर्वाचन समिती र प्रचार प्रसार समिती समेत गठन गरेको छ ।

बैठकमा समाजका केन्द्रिय उपाध्यक्ष दुर्गा साह, सचीव सत्यनारायण साह, कोषाध्यक्ष अजय कुमार साह, प्रदेश सभा सदस्य राजेश्वर साह, पारस साह, समाजका बारा जिल्ला अध्यक्ष बजरंगी साह, रौतहट जिल्ला अध्यक्ष छोटेलाल साह, सिरहाकी निलम साह लगायतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...