Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

तेलि कल्याण समाजको केन्द्रिय सचिवालय बैठक सम्पन्न

spot_img
spot_img

वीरगंज । तेलि कल्याण समाज नेपालको केन्द्रिय सचिवालय बैठक शनिबार वीरगंजमा सम्पन्न भएको छ । समाजका केन्द्रिय अध्यक्ष शैलेन्द्र साहको अध्यक्षतामा बसेको बैठकले तेलि कल्याण समाजको तेस्राे केन्द्रिय महाधिवेशन अगामी असोज ५ र ६ गते वीरगंजमा गर्ने निर्णय गरेको छ । 

यस अघि काठमाडाैंमा भएकाे समाजकाे दुईटा महाधिवेश यसपालि वीरगंजमा हुने भएकाे तेली कल्याण समाज पर्साका अध्यक्ष ध्रव साहले जानकारी दिए । 

वीरगंजस्थित मकालु हाेटलमा बसेकाे समाजकाे सचिवालय बैठकले वीरगंजमा हुने महाधिवेशन सफल बनाउन समाजका केन्द्रिय अध्यक्ष शैलेन्द्र साह कै संयाेजकत्वमा १५१ सदस्यीय महाधिवेशन मुल समिती समेत गठन गरेको पर्सा अध्यक्ष ध्रव साहले वताए ।

यसैगरी बैठकले महाधिवेशन तयारीको लागि केन्द्रिय उपाध्यक्ष विश्वनाथ साहको संयाेजकत्वमा ११ सदस्यीय अर्थ समिती गठन गर्नुकाे साथै निर्वाचन समिती र प्रचार प्रसार समिती समेत गठन गरेको छ ।

बैठकमा समाजका केन्द्रिय उपाध्यक्ष दुर्गा साह, सचीव सत्यनारायण साह, कोषाध्यक्ष अजय कुमार साह, प्रदेश सभा सदस्य राजेश्वर साह, पारस साह, समाजका बारा जिल्ला अध्यक्ष बजरंगी साह, रौतहट जिल्ला अध्यक्ष छोटेलाल साह, सिरहाकी निलम साह लगायतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...