Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

वीरगंजमा ७ दिने एडभान्स कुक तालिम सुरू

spot_img
spot_img

वीरगंज । होटल संघ नेपाल, होटल संघ मधेश प्रदेश नेपाल पर्यटन बोर्ड तथा यूएनडिपीको संयुक्त लगानीमा वीरगंजमा ७ दिने एडभान्स कुक तालिम सुरू भएको छ ।

वीरगंजस्थित होटल भिष्वामा होटल तथा रेस्टुरेन्टमा आबद्ध सेफ तथा कुकहरुका लागि आयोजना गरिएको तालिमको उदघाटन गर्दै वीरगंज महानगरपालिकाका मेयर रोजशमान सिंहले यस्ता खालका प्रशीक्षणले महानगर भित्र संचालनमा रहेका होटलले ग्राहकलाई दिने सेवामा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभएको छ ।

वीरगंज सहर भारतको सिमानाकासंग जोडिएकोले यँहा भारतीय परिकारको स्वाद पाउने गरेपनि अब यो प्रशिक्षण पश्चात अब नेपाली खानाको स्वाद पाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

सेफ एसोसिएसन नेपालका अध्यक्ष श्याम लामाले बिरगंजमा अन्य परिकारसंगै नेपाली परिकार पनि उपलब्ध गराउन सक्यौ भने, ग्राहकहरु नेपाली परिकार खोज्दै बिरगंज बाहिर जानै नपर्ने बताउनुभयो उँहाले खाना पकाउनु एउटा विषेश कला हो भने त्यसलाई आकर्षक ढंगले प्रस्तुत गर्नु अर्काे महत्वपूर्ण कला भएको बताउनु भयो । तालिमले ग्राहकलाई गर्ने सत्कार संगै खानाको स्वाद र ग्राहकको सामु खानलाई कसरी पस्कने विषयमा ज्ञान प्राप्त हुने बनाउनुभयाे ।

होटल संघ नेपालका सहसचिव युवराज श्रेष्ठले पछिल्लो समय होटलका काम गर्न आउने कर्मचारीहरु ग्राहकको सेवा भन्दापनि सर्टिफिकेटको लागि मात्र आउने गरेकोमा चिन्ता ब्यक्त गर्नुभयो ।

नेपाल पर्यटन बोर्डका सुनिल शर्माले यसप्रकारको तालिम आयोजनाको मुख्य उदेश्य नेपाली युवाहरुलाई सक्षम बनाई, रोजगारको वातावरण सृजना गरि आत्मनिर्भर बनाउनु रहेको बताउनुभयो । उँहाले ५ तारे होटलले भौतिक रुपमा पूर्वाधार आकर्षक बनाएर मात्र हुदैन, होटलले प्रदान गर्ने सेवा, सुविधा र स्वादमा पनि ध्यान दिनुपर्छ भन्नुभयो ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई मायाको चिनो प्रदान गरिएको थियो भने होटल संघ मधेश प्रदेशमा आबद्ध भएका होटलहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रममा करिब ५० जना भन्दा बढीको होटल तथा रेस्टुरेन्टहरुका कुकहरुको उपस्थिति रहेको थियो ।

होटल संघ नेपाल मधेश प्रदेशका अध्यक्ष विजय झुनझुनवालाको सभापतित्वमा संचालन भएको कार्यक्रममा सेफ लगायत वरिगंजका होटल तथा रेस्टुरेन्ट व्यवसायीको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजिकरण नाटा मधेश प्रदेशका सल्लाहकार मोहन प्रधानले गर्नुभएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मितेरी पुलबाट ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३...

सखुवा प्रसौनीको खाता खोल्न उपाध्यक्ष शर्मिलाको गाउँपालिका अध्यक्ष यादवलाई आग्रह

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसके पनि गाउँपालिकाको खाता सञ्चालन हुन नसकेको भन्दै गाउँपालिका...

घरजग्गा लिलामको विरोधमा एनआईसी एसिया बैंकअगाडि महिलाहरूको धर्ना

वीरगंज । ऋण चुक्ता गर्न तयार हुँदाहुँदै धितोमा राखिएको घरजग्गा बैंकले लिलाम गरेको आरोप लगाउँदै महिलाहरूको एक समूहले वीरगंजस्थित एनआईसी एसिया बैंकको वीरगंज शाखाअगाडि...