Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

विपी स्मृति दिवसकाे अवसरमा पकहा मैनपुरमा वृक्षाराेपण

spot_img
spot_img

वीरगंज । पर्साकाे पकहा मैनपुर गाउँपालिकामा ४० औं विपी स्मृति दिवसकाे अवसरमा शुक्रबार वृक्षाराेपण कार्यक्रम सम्पन्न भएकाे छ । नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले वृक्षाराेपण गरी कार्यक्रमकाे उद्घाटन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका जिल्ला सभापति क्षेत्रीले नेपाली कांग्रेस पकहा मैनपुर गाउँपालिका आयाेजनामा भएकाे कार्यक्रममा वाेल्दै कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले विपी राष्ट्रवादी र प्रजातन्त्रवादी महामानव नेता रहेकाे वताए ।

सभापति क्षेत्रीले राणाहरुलाई तह लगाउने काम पनि विपीले नै गरेकाे वताए । उनले विपी नेता मात्र नभई साहित्कार समेत भएकाे वताउँदै विपीले लेखेकाे पुस्तकहरु अहिले पनि विभिन्न क्याम्पसहरु पढाई हुने गरेकाे वताए ।

नेपाली कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेले २००६ सालमा विपीले राखेकाे नाम अहिले पनि रहेकाे वताउँदै भाेली आउने पुस्ताकाे लागि पनि नेपाली कांग्रेस नै रहने वताए । प्रवक्ता पाण्डेले पकहा मैनपुर गाउँपालिकामा नेपाली कांग्रेस पूर्ण बहुमतकाे साथ जितेकाेले भ्रष्टारमुक्त गाउँपालिका बनाएर पार्टीकाे नाम गर्नु सुझाए ।

नेपाली कांग्रेस पकहा मैनपुर गाउँपालिकाका सभापति हरि चाैहानकाे सभापतित्वमा भएकाे कार्यक्रममा पकहा मैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहता, नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ (ख) काे सभापति अनाेज चाैरसिया, पकहा मैनपुर गाउँपालिका वडा नं. १ का वडाध्यक्ष विनाेद मेहता, वडा नं. ३ का वडाध्यक्ष संजय चाैहान, वडा नं. ४ का वडाध्यक्ष ढेडी यादव, वडा नं. ५ का वडाध्यक्ष बलिराम चाैरसिया, प्रदेश सचिव राकेश कुशवाहा, क्षेत्रिय सदस्य अनिल साह लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन वडा नं. ३ का सभापति लक्ष्मण प्रसाद कुर्मीले गरेका थिए ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मितेरी पुलबाट ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३...

सखुवा प्रसौनीको खाता खोल्न उपाध्यक्ष शर्मिलाको गाउँपालिका अध्यक्ष यादवलाई आग्रह

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसके पनि गाउँपालिकाको खाता सञ्चालन हुन नसकेको भन्दै गाउँपालिका...

घरजग्गा लिलामको विरोधमा एनआईसी एसिया बैंकअगाडि महिलाहरूको धर्ना

वीरगंज । ऋण चुक्ता गर्न तयार हुँदाहुँदै धितोमा राखिएको घरजग्गा बैंकले लिलाम गरेको आरोप लगाउँदै महिलाहरूको एक समूहले वीरगंजस्थित एनआईसी एसिया बैंकको वीरगंज शाखाअगाडि...