Date
बिहि, बैशाख ३१, २०८३
Thu, May 14, 2026

पर्सा प्रहरीको ठूलो सफलता : २ हजार ठगेको आरोपमा ६ जना पक्राउ

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साको निर्देशनमा पर्सा प्रहरीले ठगीको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । राहदानीको फारम भर्ने भन्दै सर्वसाधारणसँग २ हजारदेखि ३ हजार रुपैयासम्म लिने गरेको आरोपमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलको निर्देशनमा पर्सा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो ।

- Advertisement -

जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, राष्ट्रिय अनुसन्धानको संयुक्त टोलीले बिहीबार जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि रहेका मोबाइल सेन्टर तथा फोटो स्टुडियोमा छापामारी गरि पक्राउ गरेको हो । धेरै ठुलो अपराध नै गरेको जस्तो यि ६ जनालाई तीनवटौ सुरक्षा निकायका टोलीले उनीहरुलाई पक्राउ गरेर वडा प्रहरी कार्यालय वीर्ताको जिम्मा लगाएको छ ।

पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय पर्साको अगाडी रहेका फेस फोटो स्टुडियोबाट सदाम हुसेन र फरियाज आलम, गणेश मोबाइल सेन्टरबाट अनुज गुप्ता, चन्दन मोबाइल सेन्टरबाट कुन्दन यादव, गढीमाई स्टुडियोबाट प्रदीप साहसहित ६ जना रहेका छन् । जसमध्ये अनुज गुप्ता न त कुनै पसलका संचालन छन्, न त कतै काम गर्ने कर्मचारी । उनी आफ्नो कामले स्टुडियोमा गएको बेला उनलाई पनि प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ ।

पक्राउ परेका ६ जनामध्ये १ जनाको शुक्रबार विहान स्नातक तहको परीक्षा पनि छ । उनलाई परीक्षा दिनबाट बञ्चित गरिने हिसाबले वडा प्रहरी कार्यालय वीर्ताको हिरासतमा राखिएको छ । सर्वसाधारणलाई ठगेको आरोपमा ६ जनालाई पक्राउ गरेर ठुलै सफलता प्राप्त गर्यो भन्ने प्रकारले यो समाचार विभिन्न सञ्चारमाध्यममा प्रशारण भयो ।

यसरी पसल संचालन गरेर दुई पैसा व्यापार गर्ने सर्वसाधारणलाई तीनवटै सुरक्षा निकायका प्रतिनिधिले पक्राउ गरेर ठूलै सफलता प्राप्त गरेको भनेर गर्वान्वित गरि रहेका होलान् । तर ति राहदानीको फारम भर्नका लागि र त्यो फारमलाई रुजु गर्नका लागि त्यही जिल्ला प्रशासन कार्यालयकै कर्मचारीको मिलोमतोमा काम हुने गरेको छ भन्ने प्रशासनले आभास समेत पाउन सकेन ।

स्थलगत बुझ्दा राहदानीको फारम भर्नका लागि स्टुडियोका संचालकहरुले २ हजार रुपैया लिने गरेका छन्, जसमध्ये उनीहरुले भरेको फारम रुजु गर्न जिल्ला प्रशासन कार्यालय पर्साका राहदानी फाँटका तल्लो स्तरका कर्मचारीलाई प्रत्येक फारम बापत ५ देखि ८ सय रुपैया बुझाउनु परेको समस्या प्रशासन प्रमुखलाई आभाष पनि हुन सकेको छैन ।

सेवाग्राहीहरु राहदानी फारम भर्न जिल्ला प्रशासन कार्यालयमा आउँछन् तर त्यहीका कर्मचारीहरुले स्टुडियोमा गएर फारम भरेर लिएर आउन अह्राउने गरेको स्टुडियोका संचालकहरुको भनाई छ । राहदानी फारम अनलाइन भएको र बढि चाँप हुने गरेको कारण एक दुई हप्तामा ४/५ जनाको मात्रै फारम भर्न सकिने अवस्था छ ।

पक्राउ परेको स्टुडियो संचालकका अभिभावकहरुको अनुसार अहिले फारम पनि भर्न सक्ने अवस्था छैन, एक दुई हप्तामा ५ मिनेटको लागि फारम खुल्छ, त्यसमा पनि सर्भर खचाखच रहेकोले दुई हप्तामा बढिमा ४/५ वटा फारम भर्न सकिन्छ । जसमा बढि आवश्यक रहेका व्यक्तिहरुको मात्रै फारम भर्ने गरिएको छ । यसमा कुन ठूलो अपराध गरेको भन्ने जस्तो प्रहरीले पक्राउ गरेर लगेको उनीहरुको भनाई छ ।

सानो तिनो काम गर्नेहरुले जनताहरुलाई ठगेर ढाँड नै सेके जस्तो काम गरि रहेकोले प्रशासनको कार्यशैली शंकास्पद देखिएको छ । २ हजार रुपैया लिएर फारम भरेको भनेर पक्राउ गर्न सक्ने जिल्ला प्रशासन कार्यालयलाई एक कार्यालय प्रमुखले १० लाख घुस लिएको सूचना दिदा पनि कुनै किसिमको कारवाही भएन् ।

जिल्ला प्रशासन कार्यालय हाताभित्र रहेका एक कार्यालयमा १० लाख घुस लेनदेन भएको र घुसको पैसा अहिलेपनि त्यही नै निवासमा राखिएको भन्ने तथ्यगत सूचना सहायक प्रमुख जिल्ला अधिकारीलाई दिदा कुनै किसिमको कारवाही भएन् । यहाँसम्म कि पर्साका प्रहरी उपरक्षीक रमेश बस्नेतलाई पनि यो सूचना दिइयो तर कुनै निकायले कारवाही गरेनन् ।

यसबारे पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेललाई बुझ्दा राहदानीको अनलाइन फारम भर्नका लागि २ देखि ३ हजार रुपैयासम्म असुलको आरोपमा तीनैवटा सुरक्षा निकायका प्रतिनिधिहरुले पक्राउ गरेको हुनाले आफूले केही भन्न नसकिने बताए ।

उनीहरुले विगतमा पनि सम्झाइएको अवस्थामा नमानेको कारण उजुरी आएपछि पक्राउ गरिएको बताए । उनले यिनीहरुले फारम भरेर रुजु गर्न पठाए पश्चात जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुले फारम रुजु गरेवापत पैसा लिएको प्रमाणित भए उनीहरुलाई पनि कारवाही गरिने बताए ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पटेर्वासुगौलीमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण, २८० लाभान्वित

वीरगंज । नेपाल नेत्रज्योति संघ पर्साको आयोजनामा बुधबार श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पटेर्वासुगैलीमा निःशुल्क आँखा परीक्षण, चश्मा तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको...

अखाद्य मासु बिक्री गर्ने दुई व्यवसायीलाई ४० हजार जरिवाना

वीरगंज । पर्सा प्रशासनद्वारा वीरगंजका विभिन्न मासु पसलमा गरिएको अनुगमनका क्रममा अखाद्य मासु बिक्री तथा व्यवसाय दर्ता नगरी सञ्चालन गरिएको भेटिएपछि दुई व्यवसायीलाई जरिवाना...

प्रहरी कार्यालयमा पीडित भएर आउने अवस्था कम हुने समाज बनाऔं : आईजीपी कार्की

वीरगंज । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले प्रहरी कार्यालयमा पीडित भएर आउने नागरिकको संख्या कम हुने खालको समाज निर्माण गर्न सबैलाई...