Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

वीरगंज कारागारमा अख्तियारकाे छापा, विभिन्न फाइलहरु नियन्त्रणमा

spot_img
spot_img

वीरगंज । वीरगंज कारागारमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे छापामारी भएकाे समाचार प्राप्त भएकाे छ । कारागार भित्र हुने गरेकाे अनियमितता र भ्रष्टाचारकाे बिषयमा छानविन गर्न बुधबार अख्तियारकाे टाेली पगेकाे थियाे ।

कारागार भित्र हुने गरेकाे अनियमितताकाे विषयमा उजरी परेपछि छानविन गर्न अख्तियारकाे टाेली वीरगंज कारागरमा पुगेर छानविन गर्नुकाे साथै विभिन्न फाइलहरु समेत नियन्त्रणमा लिएर गएकाे बुझिएकाे छ ।  

कारागार भित्र रहेकाे कैदिबन्दीकाे लागि आउने गरेकाे विभिन्न शिर्षककाे रकम अनियमिता हुने गरेकाे छ । कैदिबन्दीकाे लागि आउने गरेकाे डसना, कपडा र खाद्यानकाे रकम अनियमिता हुने गरेकाे छ ।

प्रति कैदीबन्दी ४ हजार ५ सयकाे दरले आउने गरेकाे डसना रकममा मात्र १५ सय प्रदान गर्ने गरिएकाे छ ।

त्यसैगरी कारगार भित्र बजार भन्दा दाेबर मुल्यमा खाद्यान समाग्रीहरु पाउने गरिएकाे छ भने कारागार भित्र पूर्ण रुपले प्रतिबन्द रहेकाे लागु औषध समेत सेवन गर्नकाे लागि पाउने गरिएकाे समाचार स्राेतले जनाएकाे छ ।

कारगार प्रमुख गैरे, चाैकीदार फिराेज अंसारी, मुल नायिके विकी अग्रवाल राैनियार भनिने बिकी अग्रवाल लगायतकाे मिलाेमताेमा  कारगार भित्र अनियमितता र भ्रष्टाचार हुने गरेकाे वताइन्छ । यसकाे विराेध गर्ने कैदीबन्दीलाई यताना समेत दिने गरेकाे सामाचार स्राेतकाे भनाई छ ।

छापामारी नभएर अख्तियारमा परेकाे उजरीकाे विषयमा छानविन गर्न अख्तियारकाे टाेली पुगेकाे वीरगंज कारागारका प्रमुख कृष्ण गैरेले वताए । उनले भने “छापामारी नै भएकाे हाेइन, बेलाबेलामा अख्तियारमा उजरी परिरहेकाे हुन्छ, त्यही उजरीकाे विषयमा निरिक्षण गर्न टाेली आएकाे हाे ।” 

प्रमुख गैरेले कैदिबन्दीकाे लागि आउने गरेकाे कापडाकाे रकम कैदीबन्दीलाई नगर प्रदान गरिने र डासना खरिद गरेर दिने गरिएकाे वताए । उनले कारागारकाे मुलगेटमा सशस्त्र प्रहरी र नेपाली सेनाकाे कडा सुरक्षा रहेकाेले कारगार भित्र लागु औषध पाउनु कुरा निराधार रहेकाे दाबी गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...