Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

कांग्रेस नेता शेखर कोइराला ठोरी आउँदै

spot_img
spot_img
वीरगंज । नेपाली कांग्रेसका नेता शेखर कोइराला ठोरी आउने भएका छ्न । उनी साउन १० गते ठोरी आउन लागेको नेपाली कांग्रेस ठोरीका सभापति सन्तोष श्रेष्ठले बताए ।
 
बुधबार दिउँसो ठोरी ४ को निर्मलबस्तीमा बसेको कांग्रेस ठोरीको बैठकले बिपी कोइरालाको स्मृति दिवसको अवसर पारेर सप्ताहब्यापी कार्यक्रम गर्ने निर्णय गरेको छ । साथै नेता शेखर कोइरालाको ठोरी क्षेत्रको आगमनलाई नेपाली कांग्रेस ठोरीको बैठकले स्वागत गर्दै केन्द्रीय नेताको भेटघाटले ठोरी कांग्रेसलाई सकारात्मक सन्देश दिएको जनाएकाे छ ।
 
सप्ताहब्यापी कार्यक्रम अन्तरगत विभिन्न स्थानमा बृक्षारोपण, सरसफाइ, निबन्ध प्रतियोगिता लगायतको कार्यक्रम राखिएको नेपाली कांग्रेस ठोरीले जनाएको छ । जिल्लाबाट बैठकमा सहभागी पर्यवेक्षक ओम कृष्ण लामिछानेको सहभागीतामा सम्पन्न बैठकले जिल्ला ब्यापी रुपमा बिपी सप्ताह मनाउने पार्टीको निर्णय पालना गर्दै केन्द्रीय नेता शेखर कोइरालाई ठोरीमा भब्य स्वागत गर्नका लागि आवश्यक तयारी गर्ने समेत निर्णय गरेको कांग्रेस ठोरीले जनाएको छ ।
 
नेपाली कांग्रेस ठोरीका सभापति सन्तोष श्रेष्ठको सभापतित्वमा सम्पन्न बैठकमा मधेस प्रदेशका सांसद शंकर प्रसाद चौधरी, जिल्ला पर्यबेक्षकको रुपमा ओम कृष्ण लामिछाने, जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादब, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि राम बहादुर श्रेष्ठ लगायत नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...