Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

कांग्रेस नेता शेखर कोइराला ठोरी आउँदै

spot_img
spot_img
वीरगंज । नेपाली कांग्रेसका नेता शेखर कोइराला ठोरी आउने भएका छ्न । उनी साउन १० गते ठोरी आउन लागेको नेपाली कांग्रेस ठोरीका सभापति सन्तोष श्रेष्ठले बताए ।
 
बुधबार दिउँसो ठोरी ४ को निर्मलबस्तीमा बसेको कांग्रेस ठोरीको बैठकले बिपी कोइरालाको स्मृति दिवसको अवसर पारेर सप्ताहब्यापी कार्यक्रम गर्ने निर्णय गरेको छ । साथै नेता शेखर कोइरालाको ठोरी क्षेत्रको आगमनलाई नेपाली कांग्रेस ठोरीको बैठकले स्वागत गर्दै केन्द्रीय नेताको भेटघाटले ठोरी कांग्रेसलाई सकारात्मक सन्देश दिएको जनाएकाे छ ।
 
सप्ताहब्यापी कार्यक्रम अन्तरगत विभिन्न स्थानमा बृक्षारोपण, सरसफाइ, निबन्ध प्रतियोगिता लगायतको कार्यक्रम राखिएको नेपाली कांग्रेस ठोरीले जनाएको छ । जिल्लाबाट बैठकमा सहभागी पर्यवेक्षक ओम कृष्ण लामिछानेको सहभागीतामा सम्पन्न बैठकले जिल्ला ब्यापी रुपमा बिपी सप्ताह मनाउने पार्टीको निर्णय पालना गर्दै केन्द्रीय नेता शेखर कोइरालाई ठोरीमा भब्य स्वागत गर्नका लागि आवश्यक तयारी गर्ने समेत निर्णय गरेको कांग्रेस ठोरीले जनाएको छ ।
 
नेपाली कांग्रेस ठोरीका सभापति सन्तोष श्रेष्ठको सभापतित्वमा सम्पन्न बैठकमा मधेस प्रदेशका सांसद शंकर प्रसाद चौधरी, जिल्ला पर्यबेक्षकको रुपमा ओम कृष्ण लामिछाने, जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादब, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि राम बहादुर श्रेष्ठ लगायत नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...

बाढीपीडितका लागि प्याब्सन पर्साद्वारा १५ लाख रुपैयाँ राहत सहयोग

वीरगंज । बाढीपीडित तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको सहयोगका लागि निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्साले १५ लाख रुपैयाँ राहत सहयोग गरेको...