Date
शुक्र, असार ५, २०८३
Fri, June 19, 2026

करोडौंको ग्यास शिलिन्डर र चुल्हो थन्कियो गोदाममा, पाउने आशामा जनता निराश

spot_img
spot_img

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकाे आ.ब. २०७८/०७९ को करिब तिन करोड बिनियोजित बजेटबाट खरिद गरिएको ग्यास सिलिन्डर र चुल्हो अझै पनि गोदाममा थन्किएको छ । निर्वाचन लक्षित उक्त योजना कार्यन्वयन हतार हतारमा ६ वडा मध्ये केही वडामा आंशिक संख्यामा ग्यस सिलिन्डर र चुल्हो बितरण भएतापनि वडा न.१ मधुवन मथवलले भने ३०० थान ग्यास सिलिन्डर र चुल्हो गोदाममा थन्क्याएर राखेको छ ।

निर्वाचन आचारसंहिताका कारण वितरण हुन नसकेको उक्त सामाग्री नवनिर्बाचित जनप्रतिनिधिले समेत आफ्ना कार्यकर्तालाई चुनावी राजनैतिक उपहार बनाउने दाउपेचमा लागेको हुँदा अझैपनि उक्त सामग्री वितरण नभएको स्थानीय बासिन्दा तथा लाभान्वित समुहको ब्यक्तीहरुको भनाई रहेको छ ।

स्पष्ट विवरणको अभाव हुनु, विवाद रहित वितरण कार्ययोजना नहुनु, अस्पष्ट निर्णय गरिनु र निश्चिति मापदण्ड नबनाई धमिलो पानीमा माछा मारेझै आफ्ना आसेपासेलाई ग्यास चुल्हो र शिलिन्डर बाड्ने दाउको तयारीमा वडाका जनप्रतिनिधिहरु लागि परेका कारण अझै पनि ग्यास चुल्हो र शिलिन्डर बितरण हुन नसकेको वताइएकाे छ ।

टोल टोल घर घर गएर वास्तविक बिपन्न, दलित, असहायको प्रत्यक्ष विवरण तयार गरि गाउँ बासिको बिचमा प्रस्तुत गरी यसरी सबै गाउँ टोलबाट प्राप्त वास्तविक विवरणमा नाम समाबेश भएका ब्यक्ति हरुलाई वडाको सुचना मार्फत जानकारी गराई सबैले देख्ने गरि बितरण गर्नु पर्ने प्रतिपक्षी दलका नेताहरुकाे सुझाव सकारात्मक भएतापनी राजनीतिक दृस्ठिकोणबाट पुर्बाग्राही सम्झी निर्बाचित जनप्रतिनिधि मान्न तयार नरहेकाे गुनासो समेर प्राप्त भएकाे छ ।

राज्यको ढुकुटिको रकम खर्च गरि बेलैमा खरिद हुन सक्ने तर बितरण भने हुन नसक्ने जस्ता कारणले जनताले पाउने सुबिधा समयमा पाउनबाट बन्चित राख्ने अधिकार कसैलाई नरहेको हुँदा यथाशीघ्र उक्त सामाग्रीहरु जनता समक्ष बितरण गर्नका लागि बिगत केहि दिनदेखी ताकेता भईरहेको साथै उत्त ताकेताको बेवस्था भएमा केही ठोस कदम चाल्ने समेत स्थानीयहरुले चेतावनी समेत दिएका छन् ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा लापसे चेकजाँच : ५ चालक नियन्त्रणमा, कारबाहीका लागि प्रहरीको जिम्मा लगाइयो

वीरगंज । वीरगंज महानगरपालिका–१४ स्थित गण्डक क्षेत्रमा सञ्चालन गरिएको लापरवाहीपूर्वक सवारी सञ्चालन (लापसे) सम्बन्धी विशेष चेकजाँच अभियानका क्रममा ५ जना चालकलाई नियन्त्रणमा लिइएको छ...

वीरगंजमा सशस्त्र प्रहरीद्वारा तीनदिने विपद् स्वयंसेवक तालिम सम्पन्न

वीरगंज । मनसुनजन्य विपद् तथा अन्य प्राकृतिक एवं मानवजन्य प्रकोपलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले सञ्चालन गरेको तीनदिने...

अब वीरगंजमै एथरका स्मार्ट इलेक्ट्रिक स्कुटर, नयाँ शोरुम सञ्चालनमा

वीरगंज । नेपालका अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड एथर नेपालले वीरगञ्जको आदर्शनगरमा नयाँ एथर एक्सपिरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ। गेटवे मोटर्स प्रालिको व्यवस्थापनमा सञ्चालनमा...