Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

करोडौंको ग्यास शिलिन्डर र चुल्हो थन्कियो गोदाममा, पाउने आशामा जनता निराश

spot_img
spot_img

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकाे आ.ब. २०७८/०७९ को करिब तिन करोड बिनियोजित बजेटबाट खरिद गरिएको ग्यास सिलिन्डर र चुल्हो अझै पनि गोदाममा थन्किएको छ । निर्वाचन लक्षित उक्त योजना कार्यन्वयन हतार हतारमा ६ वडा मध्ये केही वडामा आंशिक संख्यामा ग्यस सिलिन्डर र चुल्हो बितरण भएतापनि वडा न.१ मधुवन मथवलले भने ३०० थान ग्यास सिलिन्डर र चुल्हो गोदाममा थन्क्याएर राखेको छ ।

निर्वाचन आचारसंहिताका कारण वितरण हुन नसकेको उक्त सामाग्री नवनिर्बाचित जनप्रतिनिधिले समेत आफ्ना कार्यकर्तालाई चुनावी राजनैतिक उपहार बनाउने दाउपेचमा लागेको हुँदा अझैपनि उक्त सामग्री वितरण नभएको स्थानीय बासिन्दा तथा लाभान्वित समुहको ब्यक्तीहरुको भनाई रहेको छ ।

स्पष्ट विवरणको अभाव हुनु, विवाद रहित वितरण कार्ययोजना नहुनु, अस्पष्ट निर्णय गरिनु र निश्चिति मापदण्ड नबनाई धमिलो पानीमा माछा मारेझै आफ्ना आसेपासेलाई ग्यास चुल्हो र शिलिन्डर बाड्ने दाउको तयारीमा वडाका जनप्रतिनिधिहरु लागि परेका कारण अझै पनि ग्यास चुल्हो र शिलिन्डर बितरण हुन नसकेको वताइएकाे छ ।

टोल टोल घर घर गएर वास्तविक बिपन्न, दलित, असहायको प्रत्यक्ष विवरण तयार गरि गाउँ बासिको बिचमा प्रस्तुत गरी यसरी सबै गाउँ टोलबाट प्राप्त वास्तविक विवरणमा नाम समाबेश भएका ब्यक्ति हरुलाई वडाको सुचना मार्फत जानकारी गराई सबैले देख्ने गरि बितरण गर्नु पर्ने प्रतिपक्षी दलका नेताहरुकाे सुझाव सकारात्मक भएतापनी राजनीतिक दृस्ठिकोणबाट पुर्बाग्राही सम्झी निर्बाचित जनप्रतिनिधि मान्न तयार नरहेकाे गुनासो समेर प्राप्त भएकाे छ ।

राज्यको ढुकुटिको रकम खर्च गरि बेलैमा खरिद हुन सक्ने तर बितरण भने हुन नसक्ने जस्ता कारणले जनताले पाउने सुबिधा समयमा पाउनबाट बन्चित राख्ने अधिकार कसैलाई नरहेको हुँदा यथाशीघ्र उक्त सामाग्रीहरु जनता समक्ष बितरण गर्नका लागि बिगत केहि दिनदेखी ताकेता भईरहेको साथै उत्त ताकेताको बेवस्था भएमा केही ठोस कदम चाल्ने समेत स्थानीयहरुले चेतावनी समेत दिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...