Date
सोम, असार २२, २०८३
Mon, July 6, 2026

रोट्रयाक्ट नेपालको पदस्थापन कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल भुटान (रोट्रयाक्ट नेपाल) को पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । रुपन्देहीको तिलोत्तमामा आयोजित एक समारोहका बिच पदस्थापन कार्यक्रम सम्पन्न भएको हो ।

वर्ष २०२२/२३ का लागि डिष्ट्रिक्ट रोट्रयाक्ट रेप्रिजेन्टेटिभ (डिआरआर) मा बुटवलका लक्षमण खरेल चयन भएका छन् । उनको नेतृत्वमा रहेको नयाँ समितिलाई एक कार्यक्रमका बिच रोटा वर्ष २०२१/२२ का डिआरआर सुमित बर्जाचार्यले पद हस्तान्तरण गरेका हुन् ।

रोटरी डिष्ट्रिक्ट ३२९२ नेपाल भुटान ( रोटरी नेपाल ) का डिष्ट्रिक्ट गभर्नर जितेन्द्र बहादुर राज भण्डारीले खरेललाई पद तथा गोपनियताको सपथ खुवाए । त्यस्तै पूर्व डिष्ट्रिक्ट गभर्नर सञ्जय गिरी, डिआरआर सुमित बर्जाचार्यले संयुक्त रुपमा कोलार लगाई र ग्याबल हस्तान्तरण गरे ।

पदभार ग्रहण गर्दै खरेलले सबैको साथ र सहयोगबाट नै सफलता प्राप्त गर्न सकिने बताए । उनले यस वर्ष इन्स्पायर, इमपावर र टान्सफर्म नारालाई वर्ष भरी नै मुख्य प्रथामिकतामा राखेर कार्यक्रम तथा प्रोजेक्टहरुलाई अघि बढाउने प्रतिबद्धता जनाए ।

साथै नेपालमा रहेका सबै क्लवहरुलाई सोही अनुसार इन्स्पायर गर्दै सबैको सल्लाह सुझावबाट आफुले योजनाहरुलाई कार्यान्वयन गर्ने बताए ।

वर्ष २०२१/२२ का डिष्ट्रिक्ट रोट्रयाक्ट रेप्रिजेन्टेटिभ सुमित बर्जाचार्यले एक वर्ष अवधीमा आफुले गरेका कार्यहरुको बारेमा जानकारी गराएका थिए । साथै उनले आफ्नो कार्याकालमा उत्कृष्ट काम गरेका क्लव एवम् रोट्रयाक्टरहरुलाई सम्मान समेत गरे ।

कार्यक्रममा वर्ष २०२२/२३ मा आयोजना गरिने प्रेसिडेन्ट,सेक्रेटरी (पिएसमिट), जीवित फाउण्डेसन नेशनवाइडसँग रक्तदान कार्यक्रमका लागि एमओयु साइनिङ्ग लगायत डिष्ट्रिक्ट कार्यक्रमबारे जानकारीसमेत गराइएको थियो ।

निर्वाचित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि रोटरी डिष्ट्रिक्ट ३२९२ नेपाल भुटान (रोटरी नेपाल) का डिष्ट्रिक्ट गभर्नर जितेन्द्र बहादुर राज भण्डारीले रोट्रयाक्टले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै नयाँ कार्य समितीलाई बधाई तथा युवावर्गले अझै नयाँ ढंगबाट काम गर्न आग्रह गरे ।

डिआरआर लक्षमण खरेलको अध्यक्षता र डिष्ट्रिक्ट गभर्नर जितेन्द्र बहादुर राज भण्डारीको प्रमुख आतिथ्यतामा भएकाे पदस्थापन कार्यक्रममा पूर्व डिष्ट्रिक्ट गभर्नर सञ्जय गिरी, निवर्तमान डिष्ट्रिक्ट गभर्नर सन्तोष रिजाल, डिष्ट्रिक्ट गभर्नर इलेक्ट राजेन्द्र प्रसाद ध्वजु, रोटरी फाउण्डेशन चेयर राजेन्द्र लम्साल, सेरिक एमडिआइओ प्रेसिडेन्ट रोट्रयाक्टर कौशल साहु, डिष्ट्रिक्ट सेके्रटरी अमित गिरी, पूर्व डिआरआर सुशिल कुमार कार्की, रोटरी क्लव अफ बुटवलका संस्थापक अध्यक्ष एजाज आलम लगायतको सहभागिता रहेकाे थियाे ।

तिलोत्तमास्थित बिगचेयर रिर्सार्टमा भएको कार्यक्रममा साँस्कृतिक कार्यक्रमबाट मनोरञ्जन समेत प्रदान गरिएको थियो भने अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

कार्यक्रम अनुशा नेपाल र आविश्कार पराजुलीको सञ्चालनमा भएकाे थियाे । कार्यक्रममा ( टियुआरएफ २०२२ समेत सम्पन्न भएको थियाे । रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ आयोजना तथा रोट्रयाक्ट डिष्ट्रिक्ट ३०५३ को सह-आयोजनामा उक्त टियुआरएफ कार्यक्रम सम्पन्न भएको हो ।

(टियुआरएफ) मा साउथ इष्ट एसियाका सबै क्लवहरुलाई सेरिक एमडिआइओ अवार्ड प्रदान गरिएको थियो | उक्त टियुआरएफ अवार्ड सेरिक एमडिआइओका अध्यक्ष कौशल साहुले प्रदान गरेका थिए । टियुआरएफमा भारत र पाकिस्तानबाट गरि कूल ३० जना रोट्रयाक्टरहरुको सहभागिता रहेको थियो । नेपालमा १ सय ७५ वटा रोट्र्याक्ट क्लवहरु रहेका छन ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कमन जेनजी नेपाल पुनर्गठन, विकेश साहको अध्यक्षतामा नयाँ केन्द्रीय समिति गठन

वीरगंज । विभिन्न जेनजी समूह तथा घटकलाई एकीकृत गर्दै कमन जेनजी नेपालले आफ्नो केन्द्रीय कमिटी पुनर्गठन गरेको छ। पुनर्गठित १०५ सदस्यीय केन्द्रीय समितिको अध्यक्षमा...

रास्वपा वीरगंज महानगर समितिको सदस्यमा महसिन राजा मनोनित

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वीरगंज महानगर समितिको सदस्यमा महसिन राजा मनोनित भएका छन् । वीरगंज महानगर समितिका सभापति दीपराज पटेलले उनलाई महानगर कार्यसमितिको...

ई–स्कुटर आगलागी प्रकरण : प्रशासनले बाेलाउँदा पनि आएन कुशवाहा मोटर्स

वीरगंज । कुशवाहा मोटर्स वीरगंजले जिल्ला प्रशासन कार्यालय पर्साको निर्देशनसमेत बेवास्ता गरेको आरोप लागेको छ । केही दिनअघि कुशवाहा मोटर्सबाट खरिद गरिएको एउटा ई–स्कुटरमा...