Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

लागु औषध गाँजासहित बहुदरमाईका दुई जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले साेमबार लागु औषध गाँजासहित पनि दुई जनालाई पक्राउ गरेकाे छ । ईलाका प्रहरी कार्यालय एकटाँगाबाट खटिएको टोलीले पर्साकाे बहुदरमाई नगरपालिका वडा नं.९ निवासी ४५ बर्षिय जवाहिर राउत र साेही ठाउँ निवासी ३५ बर्षिय सुरेन्द्र पटेललाई पक्राउ गरेकाे हाे ।

पर्साकाे पर्सागढी नगरपालिका वडा नं.८ बडनिहारको बाटो हुँदै लागु औषध गाँजा ओसार पसार कार्य भइरहेको प्राप्त सूचनाको अधारमा खटिएको प्रहरी टोलीले दुबै जनालाई लागु औषध गाँजासहित नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

बडनिहार देखि पचरूखी तर्फ जाने सडक खण्डमा साेमबार दिउसाे १ बजे प्र.२-०३-०२० प ८८०० नम्बरको निलो कालो पल्सर मोटरसाईकललाई रोकी उक्त मो.सा.मा पछाडि सवार जवाहिरले बाेकेकाे कालो झोलामा लुकाइछिपाइ राखेको अवस्थामा ६ के.जी. गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहलाद कार्कीले वताए ।

उक्त गाँजासहित मोटरसाइकल र चालकलाई समेत नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रवक्ता कार्कीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...