Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026

लागु औषध गाँजासहित बहुदरमाईका दुई जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले साेमबार लागु औषध गाँजासहित पनि दुई जनालाई पक्राउ गरेकाे छ । ईलाका प्रहरी कार्यालय एकटाँगाबाट खटिएको टोलीले पर्साकाे बहुदरमाई नगरपालिका वडा नं.९ निवासी ४५ बर्षिय जवाहिर राउत र साेही ठाउँ निवासी ३५ बर्षिय सुरेन्द्र पटेललाई पक्राउ गरेकाे हाे ।

पर्साकाे पर्सागढी नगरपालिका वडा नं.८ बडनिहारको बाटो हुँदै लागु औषध गाँजा ओसार पसार कार्य भइरहेको प्राप्त सूचनाको अधारमा खटिएको प्रहरी टोलीले दुबै जनालाई लागु औषध गाँजासहित नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

बडनिहार देखि पचरूखी तर्फ जाने सडक खण्डमा साेमबार दिउसाे १ बजे प्र.२-०३-०२० प ८८०० नम्बरको निलो कालो पल्सर मोटरसाईकललाई रोकी उक्त मो.सा.मा पछाडि सवार जवाहिरले बाेकेकाे कालो झोलामा लुकाइछिपाइ राखेको अवस्थामा ६ के.जी. गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहलाद कार्कीले वताए ।

उक्त गाँजासहित मोटरसाइकल र चालकलाई समेत नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रवक्ता कार्कीले जानकारी दिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नारायणी अस्पताल प्रकरण : ३ दिनपछि वडा अध्यक्ष आशुतोष चतुर्वेदी रिहा

वीरगंज । वीरगंज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदी नारायणी अस्पताल कुटपिट प्रकरणमा पक्राउ परेको तीन दिनपछि बिहीबार साँझ रिहा भएका छन् । नारायणी अस्पतालमा...

शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न रास्वपा नेता चौरसियाको आग्रह

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता योगेन्द्र चौरसियाले मधेशमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्दै सम्पूर्ण नागरिकलाई शान्ति, सद्भाव र...

दोषीमाथि कडा कारबाही हुन्छ, अफवाह नफैलाउन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत विभिन्न स्थानमा भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै देशका केही जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई लिएर नेपाल...