Date
शनि, साउन १६, २०८३
Sat, August 1, 2026

लागु औषधसहित कलैयाका दुई जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले लागु औषधसहित दुई जनालाई पक्राउ गरेकाे छ । अस्थायी प्रहरी पोष्ट गण्डकबाट खटिएको नियमित चेकिङ टोलीले कलैया उपमहानगरपालिकाकाे वडा नं.११ बस्ने वर्ष २० को समशेर अन्सारी र साेही ठाउँका २० बर्षिय रामविश्वास पासवानलाई पक्राउ गरेकाे हाे । 

वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोकमा साेमबार दिउसाे ४ बजे अ.प्र.पोष्ट गण्डकबाट खटिएको नियमित चेकिङ टोलीले ना.८ ख १२९४ नम्बरको सार्वजनिक बसलाई रोकी जाँच गर्दा दुबै जनाले बोकेको झोलाभित्र लागु औषध Wincirex १५० बोत्तल र नाईट्राभेट ४ पत्तामा ६० ट्याब्लेट फेला परेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

उक्त लागु औषधसहित निजहरूलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा कुटपिट घटनामा संलग्न एक जना पक्राउ, धार्मिक सद्भाव नबिगार्न प्रहरीको अपिल

वीरगंज । वीरगंज महानगरपालिका–२ स्थित ईदगाहा चोकमा भएको कुटपिट घटनामा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार शुक्रबार साँझ...

गृह मन्त्री र गणेश यादवका परिवारबीच सम्झौता, १० लाख राहत र रोजगारी दिने सहमति

सिरहा । सिरहाको औरही गाउँपालिका–२, मोतिपुरमा गत श्रावण १४ गते भएको घटनामा मृत्यु भएका गणेश यादवका परिवार र गृह मन्त्रालयबीच सात बुँदे सम्झौता भएको...

‘मेयर पदमुक्ति लोकतन्त्रमाथिको प्रहार’ : एमालेले आफ्नै मुखमा हिलो छ्याप्यो– प्रभु साह

वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेकपा (एमाले)ले लोकतान्त्रिक मूल्य–मान्यताको उल्लंघन गर्दै लोकतन्त्रलाई नै मजाक बनाएको आरोप लगाएका छन्।...