Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

लागु औषधसहित कलैयाका दुई जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले लागु औषधसहित दुई जनालाई पक्राउ गरेकाे छ । अस्थायी प्रहरी पोष्ट गण्डकबाट खटिएको नियमित चेकिङ टोलीले कलैया उपमहानगरपालिकाकाे वडा नं.११ बस्ने वर्ष २० को समशेर अन्सारी र साेही ठाउँका २० बर्षिय रामविश्वास पासवानलाई पक्राउ गरेकाे हाे । 

वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोकमा साेमबार दिउसाे ४ बजे अ.प्र.पोष्ट गण्डकबाट खटिएको नियमित चेकिङ टोलीले ना.८ ख १२९४ नम्बरको सार्वजनिक बसलाई रोकी जाँच गर्दा दुबै जनाले बोकेको झोलाभित्र लागु औषध Wincirex १५० बोत्तल र नाईट्राभेट ४ पत्तामा ६० ट्याब्लेट फेला परेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

उक्त लागु औषधसहित निजहरूलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...