Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

जिल्ला बासीकाे समस्या समाधान गर्न माग गर्दै कांग्रेस पर्साकाे ज्ञापन

spot_img
spot_img

वीरगंज । नेपाली काँग्रेस पर्साले ६ बुंदे मागसहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । नेपाली काँग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीद्वारा हस्ताक्षरित ज्ञापन पत्र पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालमार्फत प्रधानमन्त्रीलाई बुझाएकाे हाे ।

पर्सा जिल्लाका आम नागरिकहरुले भोगीरहेका समस्याहरुमा नेपाली काँग्रेस पर्साको ध्यानाकर्षण भएकोमा जनाउँदै उक्त समस्याहरु यथाशिघ्र समाधानको ज्ञापन पत्र मार्फत माग समेत गरिएकाे छ ।

नेपाली काँग्रेसको अगुवाईमा गठबंधन सरकार निर्माण भई राज्य सञ्चालन भईरहेको अवस्थामा हाल देखिएका समस्याहरु आफुहरुले प्रधानमन्त्री समक्ष पुर्याउन ज्ञापनपत्र बुझाएको काँग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेले बताए ।

आगामी संघिय र प्रदेश निर्वाचन (२०७९) लाई मध्यनजर गरी निर्वाचन आयोगले मतदाता नामावली दर्ता र अद्यावधिक गर्ने कार्य यस जिल्लामा निर्वाचन कार्यालय पर्साबाट गरिरहेकोमा दिनहु ४००/५०० जना मतदाताहरु कार्यालयमा पुग्दा जनशक्तिको अभावमा ५०/६० जनाको नाम मात्रै दर्ता हुने भएको ले गाउँ/गाउँबाट आउने आम नागरिकले समस्या भोगिरहेकोले जनशक्तिको व्यवस्था गरी प्रत्येक गाउ/वडामा नै मतदाता नामावली दर्ता र अद्यावधिक गर्न व्यवस्था मिलाउन ज्ञापन पत्रकाे पहिलो बुँदामा भनिएको छ ।

त्यसतै नेपाल कृषि प्रधान देश रहेको ले यस पर्सा जिल्लाको वासिन्दाको मुल पेशा कृषि नै रहेको हुँदा कृषकहरुलाई धानवाली लगाउने यस साउन महिनामा रसायनिक मल (खाध) को अभाव भई कृषकहरुको जनजिवन कष्टकर भइरहेको र उत्पादनमा समेत हास हुने भएकोले अविलम्व रासायनिक मल उपलब्ध गराई कृषकहरुको समस्या समाधान गर्न काँग्रेस पर्साको दोस्रो माग छ ।

पर्सा जिल्लाको जिराभवानी गाउँपालिकामा पर्ने ईलाका प्रशासन कार्यालय सुपौलीमा हफ्तामा एक दिन मात्र नागरिकता वितरणदेखि अन्य सेवा दिईरहेकोमा उक्त कार्यालयमा आवश्यक जनशक्ति लगायतको व्यवस्था मिलाई दिनहु सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन पनि माग गरिएकाे छ ।

यसैगरी पर्सा जिल्लाको दास्रो सदरमुकामको रुपमा रहेको पोखरिया नगरपािलकामा विगतमा ईलाका प्रशासन कार्यालय स्थापना भई सेवा प्रवाह भइरहेकोमा द्वन्द्व कालमा सो कार्यालय बन्द भई सेवाग्रहीहरु वीरगंज आउनुपरेकोले जिल्ला प्रशासन कार्यालयमा भार थपिएको र सेवाग्राहीलाई पनि समस्या रहेकोले पोखरियामा पुनः ईलाका प्रशासन कार्यालय स्थापना गरी सेवा सुरु गराउन समेत माग गरिएको छ ।

पर्सा जिल्लाका कृषकहरुको धानवाली लगाउने सिजन र हाल पानी नपरी सुखायाम भई अनावृष्टिको अवस्थामा कृषकका आशा भरोसा रहेको नारायणी सिचाई व्यवस्थापन कार्यालय पर्सा वीरगंजले नहरमा पानी समेत सञ्चालन नगरेकोमा यथाशिघ्र पानी सञ्चालन गर्न, हुलाकी सडकको वीरगंज–ठोरी सडक खण्डमा सुरक्षाका लागि गण्डक नहर चौक (नवरंगिया) पुलं नीर प्रहरी चौकी स्थापना गर्न र पर्सालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्न मागहरु पनि राखिएका छन् ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया, पुर्वमन्त्री सुरेन्द्र प्रसाद चौधरी, जिल्ला उपसभापति रामनारायण कुर्मी, प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, जिल्ला सचिव दिनेश चौधरी, प्रदेश सदस्य ममता चौधरी, नेता रामरुप कुर्मी, वीरगंज महानगरपालिकाका उपमेयर इमितयाज आलम लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...

उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध,...

मन्त्रीको अनुगमनपछि बस्तीपुर माविको शैक्षिक सुधारको आशा

लहान । लहान नगरपालिका–१४ स्थित श्री जनता माध्यमिक विद्यालय बस्तीपुरमा पछिल्लो समय शैक्षिक तथा भौतिक सुधारको अपेक्षा बढेको छ। लामो इतिहास बोकेको विद्यालयमा शिक्षा...