Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026

२५० किलाे लागू औषध गाँजासहित ३ भारतीय नागरिक पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले भारी मात्रामा प्रतिबन्धीत लागू औषध गाँजासहित ३ भारतीय नागरिकलाई पक्राउ गरेको छ । वीरगंज २५ सिर्सियाको बाटो हुँदै भारत तर्फ प्रतिबन्धित लागू औषध गाँजा तस्करी भईरहेको सूचनाको आधारमा प्रहरीले २५० किलो गाँजासहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतिहारी थाना सुगौली १९ का साहेब आलम, गुलाब मियाँ र एक जना १७ बर्षिय नाबालक रहेका छन । उनीहरुलाई लागू औषध सकूर मुद्दामा म्याद थप गराई आवश्यक अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता प्रहलाद कार्कीले बताए ।

भारतीय नम्बरको एनएल ०२ जि ३७९१ नम्बरको ट्रकमा लागू औषध गाँजा लुकाई एकिकृत चेकजाँच चौकी
(आईसीपी) भारत तर्फ लैजाने क्रममा प्रहरी निरिक्षक प्रज्वल थपलियाको नेतृत्वमा रहेको प्रहरी टोलीले परवारनीपुर आईसिपी सडकखण्ड अन्तरर्गत सिर्सियाबाट पक्राउ गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।

ट्रकको चालक बस्ने क्यावीनमा लुकाईछिपाई राखेको अवस्थामा १० केजीको २५ पोकामा रहेको २५० केजी गाँजा बरामद गरेको हो । गाँजा सहित पक्राउ परेको तीनैजनालाई प्रहरी निरिक्षक थपलियाले आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको थियो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नारायणी अस्पताल प्रकरण : ३ दिनपछि वडा अध्यक्ष आशुतोष चतुर्वेदी रिहा

वीरगंज । वीरगंज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदी नारायणी अस्पताल कुटपिट प्रकरणमा पक्राउ परेको तीन दिनपछि बिहीबार साँझ रिहा भएका छन् । नारायणी अस्पतालमा...

शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न रास्वपा नेता चौरसियाको आग्रह

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता योगेन्द्र चौरसियाले मधेशमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्दै सम्पूर्ण नागरिकलाई शान्ति, सद्भाव र...

दोषीमाथि कडा कारबाही हुन्छ, अफवाह नफैलाउन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत विभिन्न स्थानमा भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै देशका केही जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई लिएर नेपाल...