Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

२५० किलाे लागू औषध गाँजासहित ३ भारतीय नागरिक पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले भारी मात्रामा प्रतिबन्धीत लागू औषध गाँजासहित ३ भारतीय नागरिकलाई पक्राउ गरेको छ । वीरगंज २५ सिर्सियाको बाटो हुँदै भारत तर्फ प्रतिबन्धित लागू औषध गाँजा तस्करी भईरहेको सूचनाको आधारमा प्रहरीले २५० किलो गाँजासहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतिहारी थाना सुगौली १९ का साहेब आलम, गुलाब मियाँ र एक जना १७ बर्षिय नाबालक रहेका छन । उनीहरुलाई लागू औषध सकूर मुद्दामा म्याद थप गराई आवश्यक अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता प्रहलाद कार्कीले बताए ।

भारतीय नम्बरको एनएल ०२ जि ३७९१ नम्बरको ट्रकमा लागू औषध गाँजा लुकाई एकिकृत चेकजाँच चौकी
(आईसीपी) भारत तर्फ लैजाने क्रममा प्रहरी निरिक्षक प्रज्वल थपलियाको नेतृत्वमा रहेको प्रहरी टोलीले परवारनीपुर आईसिपी सडकखण्ड अन्तरर्गत सिर्सियाबाट पक्राउ गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।

ट्रकको चालक बस्ने क्यावीनमा लुकाईछिपाई राखेको अवस्थामा १० केजीको २५ पोकामा रहेको २५० केजी गाँजा बरामद गरेको हो । गाँजा सहित पक्राउ परेको तीनैजनालाई प्रहरी निरिक्षक थपलियाले आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...