Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

निष्कर्ष समाचार साप्ताहिक पत्रिकाको विमोचन

spot_img
spot_img

वीरगंज । वीरगंज प्रकाशित निष्कर्ष समाचार साप्ताहिक पत्रिकाको आइतबार एक कार्यक्रमकाे बिच विमोचन गरिएको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा आयाेजित कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) उमेश कुमार ढकालले पत्रिकाको विमोचन गरेका हुन ।

पत्रिकाको विमोचन एव उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रजिअ ढकालले समाज रुपान्तरणको लागि संचार क्षेत्रको विकास हुन आवश्यक रहेको औल्याए । प्रेस स्वतन्त्रताको पक्षमा आफूले वकालत गर्दै आएको बताउँदै उनले भने, संविधान र प्रचलित कानुनको कार्यान्वयन गराउँन संचारजगतको भूमिका महत्वपूर्ण रहेकोले संचारक्षेत्रको विकास हुन आवश्यक छ ।

उनले पत्रिको संख्या बढाएर मात्र हुँदैन यसको गुणस्तरमा पनि बढी ध्यान दिनुपर्ने बताए । प्रजिअ ढकालले भने, आफनो पत्रिकाको माध्यमले समाजमा भएको समस्यालाई उजागर गरेर समाज रुपान्तरणमा सहयोग हुन आवश्यक छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेश महासचिव श्याम बन्जाराले पत्रकारिता क्षेत्रभित्र देखापरेको समस्या र चुनौती नै मुलभुत समस्या रहेको बताए ।

उनले समस्या र चुनौतीका विच आफूलाई समाजमा कसरी स्थापित गर्न सकिन्छ त्यसतर्फ बढी केन्द्रित हुन जरुरी रहेको बताए । निष्कर्ष साप्ताहिक पत्रिकाको नाम अनुसार काम गरोस् भनि शुभकामना दिदैं महासचिव बन्जाराले यथास्थितीमा रहेको बादविरोधबाट उन्मूख भएको क्षेत्रबाट माथि उठेर समाजको हरेक प्रकारको समस्याको पहिचान गरी उजागर गर्नुपर्ने बताए ।

पत्रिकाको प्रकाशक शिवनारायण मिश्रको सभापतित्वमा भएकाे बिमोचन कार्यक्रममा १३ नं. गण वीरगंजका सशत्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेल, प्रहरी उपरिक्षक रमेश कुमार बस्नेत, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष मनोज पटेल, महिला नेतृ रम्भा मिश्र लगायतले पत्रिकाको उत्तरोउत्तर प्रगतीको कामना गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मितेरी पुलबाट ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३...

सखुवा प्रसौनीको खाता खोल्न उपाध्यक्ष शर्मिलाको गाउँपालिका अध्यक्ष यादवलाई आग्रह

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसके पनि गाउँपालिकाको खाता सञ्चालन हुन नसकेको भन्दै गाउँपालिका...

घरजग्गा लिलामको विरोधमा एनआईसी एसिया बैंकअगाडि महिलाहरूको धर्ना

वीरगंज । ऋण चुक्ता गर्न तयार हुँदाहुँदै धितोमा राखिएको घरजग्गा बैंकले लिलाम गरेको आरोप लगाउँदै महिलाहरूको एक समूहले वीरगंजस्थित एनआईसी एसिया बैंकको वीरगंज शाखाअगाडि...