Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

परवानीपुरमा एक महिलासहित ८५ जनाद्वारा रक्तदान

spot_img
spot_img

परवानीपुर । बाराको परवानीपुर गाउँपालिका वडा नं ४ चैनपुर टोलमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । न्यू जगदम्बा माई युवा क्लबको आयोजन र नेपाल रेडक्रस सोसाइटी केन्द्र पर्साको सहयोगमा भएकाे कार्यक्रममा एक महिलासहित ८५ जनाले रक्तदान गरेका छन् ।

क्लबका अध्यक्ष प्रदीप कुमार महतोको अध्यक्षतामा भएकाे कार्यक्रममा सत्रुधन पटेल, दीपक पटेल, सिताराम राम, शुशिल चौधरी, धर्मेन्द्र महतो, सुरज गुप्ता, पशुराम राउत कुर्मी लगायतले रक्तदान गरेका हुन् ।

कार्यक्रमको उद्घाटन परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद पटेलले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मेयर क्षेत्रीले रक्तदान गर्नु संसारकै सबभन्दा पुण्यकाे कार्य भएको वताए । उनले यसबाट कसैको ज्यान बचाउने भएकोले यस्ता कार्यक्रमको आयोजना गरिएको प्रति क्लबका सम्पूर्ण टिमलाई धन्यवाद समेत दिएका थिए । उनले आउने दिनमा पनि क्लवले यस्तै सामाजिक कार्य गर्ने र पालिकाबाट पनि आफूहरु सहकार्य गर्ने बताए ।

कार्यक्रममा नेकपा एमालेका मधेश प्रदेश कमिटी सदस्य उमेश गुप्ताले संसारको सब भन्दा ठुलाे मानवीय कार्य रक्तदान रहेको हुनाले यस्तो महान कार्यमा सहयोग गर्न सबै स्वस्थ्य व्यक्तिलाई अनुरोध गरे । उनले मठ, मन्दिर पूजा गर्नुको सट्टा रक्तदान गरेर पुण्य कमाउन सबैलाई आग्रह गरे।

कार्यक्रममा पूर्व वडा अध्यक्ष गजेन्द्र पटेलले अहिले वीरगञ्ज र बारा जिल्लामा रगतको अभाव भएको र यस्तो अवस्थामा रक्तदान कार्यक्रमको आयोजना गरिएकोमा आयोजक क्लब र यसमा सहयोग गर्ने सम्पूर्ण टिमलाई धन्यवाद दिए । उनले यस्ता कार्यक्रममा समाजका सबै अगुवाले मिलेर सहयोग गर्नु पर्ने धारणा राखे ।

कार्यक्रममा गाउँपालिका कार्यपालिका सदस्य महन्त राम, वडा नं ४ का वडा सदस्य जगदीश साह लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा रक्तदान गर्नहरुलाई कदर  पत्रले सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा क्लबका उपअध्यक्ष रोशन पटेल, सचिव सुरेश साह, सह सचिव सन्तोष पटेल, कोषध्यक्ष जयराम राम, सदस्यहरु दिपेश कुशवाहा, नेपाली मिया, मुकेश पटेल लगायतले सहयोग गरेका थिए । कार्यक्रमको सञ्चालन दिपेश कुशवाहा गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मितेरी पुलबाट ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३...

सखुवा प्रसौनीको खाता खोल्न उपाध्यक्ष शर्मिलाको गाउँपालिका अध्यक्ष यादवलाई आग्रह

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसके पनि गाउँपालिकाको खाता सञ्चालन हुन नसकेको भन्दै गाउँपालिका...

घरजग्गा लिलामको विरोधमा एनआईसी एसिया बैंकअगाडि महिलाहरूको धर्ना

वीरगंज । ऋण चुक्ता गर्न तयार हुँदाहुँदै धितोमा राखिएको घरजग्गा बैंकले लिलाम गरेको आरोप लगाउँदै महिलाहरूको एक समूहले वीरगंजस्थित एनआईसी एसिया बैंकको वीरगंज शाखाअगाडि...