Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

सोमेशवरनाथ महादेव मन्दिरलाई जग्गा दान गर्ने कुर्मीलाई सम्मान

spot_img
spot_img

वीरगंज । बिरगंज महानगरपालिकाकाे वडा नं. २४ रामगढवामा रहेकाे श्री सोमेशवरनाथ महादेव मन्दिरलाई जग्गा दान गर्ने जग्गा धनीलाई शनिबार एक कार्यक्रम बीच सम्मान गरिएकाे छ । जग्गा रामगढवा निवासी स्व: गोरख राउत कुर्मिका छाेरा पन्नालाल प्रसाद कुर्मिलाई सम्मान गरिएकाे हाे ।

कुर्मीले मन्दिरलाई करिब ३५ लाख बराबरकाे ६ धुर जग्गा दान गरेका छन् । कुर्मीले सो जग्गा सोमेशवरनाथ महादेव मंदिर संरक्षण समितिको नाममा शनिबार हस्तान्तरण समेत गरेकाे संस्थाका सचिव कन्हैया पटेलले जानकारी दिए ।

मंदिरको नाममा आफ्मो निजी जग्गा दान गर्ने कुर्मीलाई नागरिक समाज रामगढ़वा तथा मंदिर संरक्षण समितिको तर्फबाट अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मि, हिन्दू परिषद नेपालका अध्यक्ष संतोष पटेल, उपाध्यक्ष सीताराम पटेल, कोषाध्यक्ष काजी प्रसाद कुर्मिले दोसल्ला ओढाई कदर पत्रले सम्मान गरेकाे सचिव पटेलले वताए ।

कार्यक्रममा मन्दिर निर्माण कार्यमा आर्थिक सहयोग गर्ने मदन प्रसाद चौरसिया, पशुपति साह तेली, पवन कुमार गुप्ता, बैजनाथ प्रसाद चौरसिया, लक्षमण प्रसाद चौरसिया, अशोक लाठ, जगरनाथ प्रसाद कुर्मी, जंगली राउत कुर्मी, बिजय पटेल, रामबालक प्रसाद कुर्मी लगायतलाई पनि सम्मान गरिएकाे थियाे ।

मंदिर संरक्षण समितिका अध्यक्ष समेत रहेकाे कुर्मीको अध्यक्षता र वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहकाे प्रमुख आतिथ्यतामा भएकाे सम्मान कार्यक्रममा वीरगंज २४ का वडाध्यक्ष बिजय पटेल, विश्व हिन्दू महासंघका केन्द्रिय महासचिव अभिषेक तिवारी,विश्व, हिंदू परिषद नेपाल पर्साका उपाध्यक्ष शम्भू महतो थारू लगायतकाे उपस्थिती रहेकाे थियाे ।

कार्यक्रमको संचालन संस्थाका सचिव कन्हैया पटेलले गरेका थिए भने स्वागत मन्तव्य नागरिक समाजका तर्फबाट सामाजिक अभियंता प्रकाश थारुले राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मितेरी पुलबाट ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३...

सखुवा प्रसौनीको खाता खोल्न उपाध्यक्ष शर्मिलाको गाउँपालिका अध्यक्ष यादवलाई आग्रह

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसके पनि गाउँपालिकाको खाता सञ्चालन हुन नसकेको भन्दै गाउँपालिका...

घरजग्गा लिलामको विरोधमा एनआईसी एसिया बैंकअगाडि महिलाहरूको धर्ना

वीरगंज । ऋण चुक्ता गर्न तयार हुँदाहुँदै धितोमा राखिएको घरजग्गा बैंकले लिलाम गरेको आरोप लगाउँदै महिलाहरूको एक समूहले वीरगंजस्थित एनआईसी एसिया बैंकको वीरगंज शाखाअगाडि...