Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

सामी परियाेजना बारे वीरगंजका वडा सचिवहरुलाई अनुशिक्षण

spot_img
spot_img

वीरगंज । सुरक्षित आप्रवासन (सामी) परियाेजना अन्तर्गत वीरगंज महानगरपालिकाका वडा सचिवहरुसंग परियाेजना बारे अनुशिक्षण कार्यक्रम शनिबार वीरगंजमा सम्पन्न भएकाे छ ।

नेपाल सरकार र स्वीस सरकार बिच भएकाे द्विपक्षीय सम्झौता अनुसार श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्रलयकाे नितिगत पहलमा, हेल्भेटास नेपालकाे प्राबिधिक सहयाेग, बीरगंज महानगरपालिकाकाे सहयाेग तथा दिब्य युवा क्लब पर्साकाे सहजीकरणमा संचालित परियाेजना अन्तर्गत अनुशिक्षण कार्यक्रम सम्पन्न भएकाे हाे ।

वीरगंजकाे लिंकराेडस्थित हाेटेल कुमु प्यलेसमा भएकाे कार्यक्रममा वीरगंज महानगरपालिकाका ३२ वटा वडाका सचिवहरुकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा हेल्भेटास नेपालका कार्यक्रम अधिकृत शिवचरण राैनियार लगायतकाले प्रशिक्षण दिएका थिए ।

वीरगंज महानरपालिकाका आर्थिक बिकास महाशाखाका अधिकृत राजेन्द्र हरि शर्माकाे अध्यक्षतमा भएकाे कार्यक्रममा दिब्य युवा क्लब, पर्साका अध्यक्ष उमेश प्रसाद चाैहान, कार्यकारी निर्देशक रामाकान्त पटेल लगायतकाले मन्तव्य राखेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मितेरी पुलबाट ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३...

सखुवा प्रसौनीको खाता खोल्न उपाध्यक्ष शर्मिलाको गाउँपालिका अध्यक्ष यादवलाई आग्रह

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसके पनि गाउँपालिकाको खाता सञ्चालन हुन नसकेको भन्दै गाउँपालिका...

घरजग्गा लिलामको विरोधमा एनआईसी एसिया बैंकअगाडि महिलाहरूको धर्ना

वीरगंज । ऋण चुक्ता गर्न तयार हुँदाहुँदै धितोमा राखिएको घरजग्गा बैंकले लिलाम गरेको आरोप लगाउँदै महिलाहरूको एक समूहले वीरगंजस्थित एनआईसी एसिया बैंकको वीरगंज शाखाअगाडि...