Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

वीपिसीमा २८ महिलासहित १४४ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । वीरगंज पब्लिक कलेजकाे आयाेजनामा शुक्रबार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । उक्त रक्तदान कार्यक्रममा २८ महिलासहित १४४ जनाले रक्तदान गरेकाे बिकी सर्राफले जानकारी दिए ।

वीरगंज पब्लिक कलेज मै भएकाे कार्यक्रममा सुस्मिता कर्ण, विनिता कुमारी साह, श्रीराम प्रसाद साह, स्नेहा चाैधरी, मुकेश साह, आकाश कुमार साह, बलिराम कुमार साह, राेहित गुप्ता, अनामिका गुप्ता, रिपु यादव, कुशुम साह, मेघा कुमारी साह, सुजाता चाैधरी, खुस्बु यादव, विपिन भट्टराई, राकेश कुमार साह लगायतकाले रक्तदान गरेका हुन् ।

नेपाली सेना श्रीजङग गणका कार्नल डाइमन्ड कार्कीकाे प्रमुख आतिथ्यतामा भएकाे रक्तदान कार्यक्रममा वीरगंज पब्लिक कलेजका क्याम्पस प्रमुख डा. विनय श्रेष्ठ, सहायक क्याम्पस प्रमुख अरविन्द श्रेष्ठ, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक बिशाल मल्ल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

रक्तदान कार्यक्रम रक्त संचार केन्द्र वीरगंजकाे प्राविधिक सहयाेगमा भएकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मितेरी पुलबाट ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३...

सखुवा प्रसौनीको खाता खोल्न उपाध्यक्ष शर्मिलाको गाउँपालिका अध्यक्ष यादवलाई आग्रह

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसके पनि गाउँपालिकाको खाता सञ्चालन हुन नसकेको भन्दै गाउँपालिका...

घरजग्गा लिलामको विरोधमा एनआईसी एसिया बैंकअगाडि महिलाहरूको धर्ना

वीरगंज । ऋण चुक्ता गर्न तयार हुँदाहुँदै धितोमा राखिएको घरजग्गा बैंकले लिलाम गरेको आरोप लगाउँदै महिलाहरूको एक समूहले वीरगंजस्थित एनआईसी एसिया बैंकको वीरगंज शाखाअगाडि...