Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

सार्वजनिक शिक्षा सुदृढिकरणका लागि क्षमता अभिवृद्धि कार्यक्रम

spot_img
spot_img

वीरगंज । सार्वजनिक शिक्षा सुदृढिकरणका लागि नितिगत वकालत पैरवी, नागरीकको क्षमता अभिवृद्धि कार्यक्रम मंगलबार वीरगंजमा सम्पन्न भएको छ ।

भिएसओ नेपाल र जेजेवाईसी बाराको समन्वयमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले वीरगंजस्थित होटेल मकालुमा आयोजना गरेको एक दिने कार्यक्रममा वक्ताहरुले पर्साको शैक्षिक अवस्थाबारे विभिन्न चिन्ता व्यक्त गरेका थिए । साथै पर्साको शैक्षिक क्षेत्रमा रहेका विभिन्न समस्या र जोखीमलाई न्युनिकरण गर्ने उपाय बारे समेत उनीहरुले वृहत रुपमा छलफल गरेका थिए ।

कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका उपाध्यक्ष राजेन्द्र पहाडी र कार्यसमिति सदस्य सुभेन्द्रमान श्रेष्ठले राष्ट्रिय शिक्षा निति, वृहत विधालय सुरक्षा गुरु योजना, आपतकालिन अवस्थामा पनि शिक्षा अधिकार, सुरक्षित विधालय सुरक्षित सिकाई लगायतका शिक्षा क्षेत्रका सम्बन्धमा कार्यपत्र तथा ऐन कानुन र संविधानमा भएका शिक्षाबारेको व्यवस्था र स्थानीय स्तरमा रहेको शिक्षाको अवस्था तथा पालिका, विधालय, अभिभावक, शिक्षक लगायत सरोकारवाला विभिन्न निकायको भुमिका बारे वृहत रुपमा जानकारी गराइएकाे थियाे ।

कार्यक्रममा सहभागिहरुले सार्वजनिक शिक्षा निति, लैंगिक उत्तरदायिक शिक्षा निति, समावेशी शिक्षा निति र गुणस्तरीय शिक्षामा स्थानिय सरकारको दायित्व तथा विधालय, अभिभावक, शिक्षक, प्र.अ., गैसस लगायत सरोकारवाला निकायले खेल्नुपर्ने भुमिका बारे समुहगत रुपमा प्रस्तुतीकरण समेत गरेका थिए ।

कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका पुर्व सदस्य एव् जनता समाजवादी पार्टि पर्साका अध्यक्ष रामनरेश यादव, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, गैर सरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, समाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इब्राहिम देवान, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका सचिव रामप्रवेश साह, अभियानकी रस्मिता महर्जन, भीएसओ नेपालकी श्री देवी लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...