Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

वीरगंजबाट एक २२ बर्षिय युवतीकाे उद्दार, एक जना पक्राउ

spot_img
spot_img

वीरग‌ंज । मानव बेचबिखन तथा ओसारपसार आरोपमा १ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बीरगञ्ज महानगरपालिकाकाे वडा  नं. १६ बाट एक युवतीलाई भारततर्फ बेचबिखन गर्ने उद्देश्यले लगिरहेका रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. १४ घर भएका ४२ बर्षिय बाबु घिसिङलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

साेमबार दिउसाे ४.३० बजे बीरगञ्ज महानगरपालिका वडा  नं. १६ मा भारततर्फ जान लागेका घिसिङ र भोजपुर घर भएकी २२ वर्षीया युवतीलाई चेकिङ्ग ड्युटीमा रहेको प्रहरीले रोकी माइती नेपालका कर्मचारीको उपस्थितिमा सोधपुछ गर्दा शंकास्पद लागेकोले निजहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएकाे थियाे ।

थप अनुसन्धान क्रममा युवतीलाई साथै रहेका घिसिङले केही समय अगाडिदेखि आफन्तमार्फत चिनजान बढाई भारतको कलकत्तास्थित अस्पतालमा मासिक रू. ६० हजारको काम लगाइदिने प्रलोभन देखाई साेमबार काठमाण्डौँमा भेट गरी सोही दिन टाटा सुमो चढाई दिउसाे ४ बजे बीरगञ्ज बसपार्क ल्याएकाे खुलेकाे प्रहरीले जनाएकाे छ ।

घिसिङले युवतीलाई प्रहरीको बोर्डर चेकपोष्टमा “बाराको अमलेखगञ्ज घर हो र भारतको रक्सौलमा कपडा खरिद गर्न जान लागेको” भन्नू भनी सिकाई गलफतमा पारी बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लैजाँदै गरेको देखिन आएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

त्यसपछि घिसिङ्गलाई नियन्त्रणमा लिई मानव बेचबिखन तथा ओसारपसार कसूरमा मंगलबार पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम । मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ । हाल स्नातकोत्तर तहको एमपिए, कानुन सङ्कायतर्फ बीए एलएलबी र जनप्रशासन सङ्कायतर्फ बिपीएम...

चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू : जिप्रका पर्सा

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना आजदेखि लागू गरेको छ । आगामी बडादसैँ, तिहार, नेपाल संवत् तथा छठलाई शान्तिपूर्ण, सुरक्षित,...

फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट । रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार भएका ३७ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन विशेष...