Date
शुक्र, जेष्ठ २९, २०८३
Fri, June 12, 2026

कुशवाहा मृत्यू प्रकरण : प्रहरीले अभियुक्त संरक्षण गरेको भन्दै प्रदर्शन

spot_img
spot_img

वीरगंज । बाराकाे देवत्ताल गाउँपालिका वडा नं. ६ निवासी स्व. प्रभु कुशवाहाका आफन्त र परिवारका सदस्यहरुले बिहिबार विराेध प्रदर्शन गरेका छन् । मुख्य अभियुक्तलाई संरक्षण गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक दिलीप सिंह देउवा र जिल्ला न्यायधिवक्ता जुद्धबहादुर आले विरुद्ध प्रदर्शन गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बारा अगाडि र जिल्ला न्यायधिवक्ता कार्यालय अगाडि पीडित पक्ष तथा स्थानीयहरुले बारा प्रहरी मुर्दावाद, घुसखोर एसपी मुर्दावाद, घुसखोर एसपी जिल्ला छोड, प्रहरी प्रशासन हायहाय, जिल्ला प्रहरी प्रशासन मुर्दावाद, जिल्ला न्यायधिवक्ता मुर्दावाद, मुख्य आरोपीलाई पक्राउ गर, अभियुक्तलाई संरक्षण गर्न पाइँदैन लगायतका नारा लेखिएकाे प्ले कार्डसहित शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।

यसैबिच प्रहरीले १० जना विरुद्ध अभियोगपत्र दर्ता गरेको छ । गत जेठ २३ गते जग्गा नाप नक्साको विषयलाई लिएर विवाद हुँदा दोश्रो पक्षले कुटपिट गर्दा गम्भिर घाइते भएका प्रभू कुशवाहाको उपचारको क्रममा नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो ।

मृत्यु पश्चात पीडित पक्षले १३ जना विरुद्ध किटानी जाहेरी दिएपनि बारा प्रहरीले घटनाको मु्ख्य योजनाकार रामअयोध्या राय यादव सहित रामसखी देवी, उपेन्द्र कुमार महतोको नाम हटाएर १० जना विरुद्ध मात्र अभियोगपत्र दर्ता गरेको मृतक प्रभु कुशवाहाका छोरा सन्दिप कुशवाहाले जानकारी दिए ।

उनका अनुसार बारा प्रहरी उपरीक्षक दिलीप सिंह देउवा, प्रहरी नायब उपरीक्षक राजेश थापा, प्रहरी निरीक्षक तथा घटनाका अनुसन्धान अधिकृत सुरेन्द्र यादव एवं जिल्ला न्यायधिवक्ता जुद्धबहादुर आले मिली मुख्य योजनाकारहरुलाई संरक्षण गरि बाँकी अरोपी विरुद्ध अभियोगपत्र दर्ता गरेको हो ।

घटनाका मुख्य योजनाकार रामअयोध्या राय यादव नेपाली काँग्रेस पार्टी कार्यकर्ता भएकाेले नेपाली काँग्रेसका प्रदेश उपसभापति चन्द्रशेखर यादवको निर्देशनमा प्रहरी उपरीक्षक देउवा लगायत जिल्ला न्यायधीवक्ता सहितले उनलाई संरक्षण गर्न लागि परेको पीडित पक्षको आरोप छ ।

हत्या जस्तो सम्वेदनशील घटनामा पनि प्रहरीले नातेदार, पार्टीका कार्यकर्ता संरक्षण गर्ने कार्यले उनको कार्यशैलीप्रति प्रश्न उब्जिएको छ । घटनाका मुख्य योजनाकार रामअयोध्या राय यादवका आफन्त पर्ने प्रहरी निरीक्षक सुरेन्द्र यादव आफै अनुसन्धान अधिकृत रहेकोले यादवलाई संरक्षण गर्न लागि परेका हुन् भने मुख्य योजनाकार यादवका छोरा जिल्ला मालपोत कार्यालय बारामा लेखापालमा कार्यरत रहेकोले पनि प्रहरी लगायत न्यायधिवक्ताले पनि आरोपीलाई संरक्षण गर्न खुलेरै लागेको पीडित पक्षको आरोप छ ।

घटना भए लगत्तै पीडित पक्षले १३ जना विरुद्ध किटानी जाहेरी दिएपनि बारा प्रहरीले शुरु देखि नै मुख्य योजनाकार रामअयोध्या राय यादव सहित तीन जनाको नाम हटाएर मात्रै जाहेर दिन पीडित पक्षलाई दबाब दिदै आएका थिए । तर पीडित पक्षले मुख्य योजनाकार रहेकोले तिनै जना विरुद्ध जाहेर जसरी पनि दिने अडान राखेपछि जिल्ला न्यायधिवक्ता एवं प्रहरी मिली तीन जना बाहेक अन्य १० जना विरुद्ध अभियोगपत्र दर्ता गर्ने निर्णय नै गरेको पीडित पक्षले आरोप लगाएको छ ।

बारा प्रहरीले किशोरी महतो कोइरी, रामप्रवेश प्रसाद कुशवाहा, विलाश महतो कोइरी, बुनी महतो कोइरी, हिरामन कुमार कुशवाहा, शिवजी प्रसाद कुशवाहा, रामबाबु प्रसाद महतो, संजय कुमार, रामदेव महतो एव. गगनदेव महतो कोइरी विरुद्ध कर्तव्य ज्यान सम्बन्धी अभियोगपत्र दर्ता गरेको हो ।

अभियोगपत्र दर्ता भएकाहरुमध्ये २ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ भने बाँकी आरोपीहरु अहिलेपनि फरार रहेका छन् ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिर्सिया नदी प्रदूषणमा उद्योग मन्त्रालयको चासो, मापदण्ड उल्लंघन गर्नेलाई कडा कारबाहीको चेतावनी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वीरगंजस्थित सिर्सिया नदी करिडोर क्षेत्रमा सञ्चालित उद्योगहरूबाट फोहोर पानी प्रशोधन नगरी वा मापदण्डविपरीत नदी तथा खोलामा सिधै...

पर्सागढीमा किशोरी लक्षित शिक्षा तथा आत्मनिर्भरता कार्यक्रमको संयुक्त अनुगमन

सेढवा । क्याप्टिभेटिङ इन्टरनेशनल फाउन्डेसन (सीआईएफ) को सहयोग तथा आसमान नेपालको आयोजनामा सञ्चालित शिक्षा, स्वास्थ्य तथा आत्मनिर्भरता कार्यक्रम (४) अन्तर्गत पर्साको पर्सागढी नगरपालिकामा संयुक्त...

मधेशमै सबैभन्दा कम बेरुजु हुने पालिका बन्यो परवानीपुर गाउँपालिका

वीरगंज । महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३औँ वार्षिक प्रतिवेदन २०८३ अनुसार पर्साको परवानीपुर गाउँपालिका मधेश प्रदेशकै सबैभन्दा कम बेरुजु हुने स्थानीय तह बनेको छ...