Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

‘जुल्मी दहेज’ को एक दिने च्यारिटी शो त्रिमुर्ती सिनेमा हलमा

spot_img
spot_img

वीरगंज । समाजिक विकृती दहेज प्रथा, लैङ्गिक विविधता र बाल विवाहलाई मुल मुद्धा बनाई निर्माण भएको भोजपुरी फिल्म ‘जुल्मी दहेज’ को एक दिने च्य्यारिटी शो वीरगंजको त्रिमुर्ती सिनेमा हलमा प्रदर्शन हुने भएको छ ।

वीरगंजेली कलाकारहरुको अभिनय रहेको ‘जुल्मी दहेज’ फिल्म यहिं असार २५ गते च्यारिटी शो प्रदर्शन हुन लागेको उक्त फिल्म निर्माण कम्पनी बाबा बी फिल्मले जनाएको छ । वीरगंजस्थित वीरगंज क्लेजमा आयोजना गरिएकाे पत्रकार सम्मेलनमा फिल्म र प्रदर्शन बारे जानकारी गराईएको हाे ।

च्यारिटी शोका लागि टिकेट शुल्क पनि निर्धारण गरिएको छ । दुई शो प्रदर्शनको मौका प्राप्त गरेको ‘जुल्मी दहेज’ हेर्नका लागि चार किसिमको टिकेट निर्धारण गरिएको छ । बिहान ८ बजेको विधार्थी शो का लागि कक्षा ९ देखि माथिका विधार्थीहरुका लागि १५० र २०० को टिकेट शुल्क तोकिएको छ । भने दिनको १२ बजेको शो का लागि २०० र ३०० मुल्य पर्ने टिकेट तोकिएको छ ।

बाबा बी फिल्मले निर्माण गरेको यस फिल्मलाई च्यारिटि शो प्रदर्शन गर्न पाएकोमा खुशी हुँदै निर्माण कम्पनिले फिल्म र प्रदर्शन बारे जानकारी गराउन पत्रकार सम्मेलन आयाेजना गरिएकाे जनाएकाे छ । नेपालको तराई भुभाग,पहाडि भुभाग एवं छिमेकी भारतको बिहारमा समेत छायांकन गरिएको फिल्मका निर्देशक कृष्णा पण्डितले बताए ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले नाफा मुलक नभई पुरै समाजिक जनचेतनाको लागि फिल्म निर्माण गरिएको वताए । ४ जनाको संयुक्त लगानी रहेको ‘जुल्मी दहेज’ निर्माण गर्न १८ लाख ८५ हजार लागत लागेको छ ।

भुवन पण्डित, ज्ञानेन्द्र सिंह, मुन्ना मुस्कान र सुरेन्द्र यादवको संयुक्त लगानी रहेको फिल्मका निर्देशक पण्डितले जानकारी दिए ।फिल्म भोजपुरी भाषामा निर्माण गरिएको निर्देशक पण्डितले बताए ।

२ घण्टा १० मिनेट लामो फिल्ममा ७ वटा गीत समावेश गरिएको पनि निर्माण कम्पनिले जनाएको छ । कृष्ण हमराहिले लेखक रहेकाे फिल्ममा मुन्ना मुस्कानले संगित दिएका छन् ।

फिल्मको मुख्य भुमिकामा मुन्ना मुस्कान, श्रुति सहनी, स्नेहा चौधरी, मुखलाल प्र. साह, ज्ञानेन्द्र सिंह, भागिरत साह, संगिता तिवारी, सुरेन्द्र यादव, नेहा यादव, सन्तोष कुमार, नितेश निर्मल लगायतका वीरगंजेली कलाकारहरुलाई देख्न पाइन्छ ।

उक्त च्यारिटी शोबाट प्राप्त भएको रकमको केही अंश समाजिक कार्यमा समेत लगानी गर्ने निर्माण पक्षले उद्धघोष गरेको छ । यो भन्दा पहिला बाबा बी फिल्मले माई हई ममताके दरिया, सपना द ड्रीम्स लगायतको छोटो फिल्म एवं दर्जनौं म्युजिक भिडियो निर्माण गरिसकेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...