Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

परवानीपुर गाउँपालीकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । बाराको परवानीपुर गाउँपालीका वडा नं ४ चैनपुर टोलमा आइतबार सार्वजनिक सुनुवाई कार्यक्रम समपन्न भएको छ । परवानीपुर गाउँपालीकाको आयोजना र सहयोगी नेपालको सहजीकरणमा कार्यक्रम समपन्न भएको हो ।

कार्यक्रममा वडा नं ४ र ५ का स्थानीयहरुले नव र्निवाचित जनप्रतिनिधिलाई आ आफ्नाे गुनासो राखेका थिए । खासगरी स्थानीले किसानको लागी मल, खाद, स्वास्थ्य, शिक्षा, बेरोजगारी, सरसफाई, खेलकुद, सडक, नाला लगायतका आधारभुत समस्यालाई उठाएका थिए ।

स्थानीयहरुको अनुसार बिगत पाँच वर्ष भित्रमा यस पालीकाले खासै राम्रो र जनमुखी काम गर्न नसकेको र जनताको आधारभुत आवश्यक्ता पुरा गर्न नसकेको आरोप लगाएका थिए । उनीहरुले निर्वाचित जनप्रतिनिधीलाई निर्वाचनमा गरिएका वाचाहरुलाई पुरा गर्न र जनतामुखी काम गर्न आग्रह गरेका थिए ।

जनताको गुनासोलाई आत्मसात गर्दै गाउँपालीका प्रमुख रामक्षत्री प्रसाद पटेलले आफु जनताकाे सेवकको रुपमा काम गर्दै आएको र आफुले निर्वाचनमा वाचा गरेका कुराहरु पुरा गरेर देखाउने प्रतिबद्धता जनाए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मेयर क्षेत्रीले यहा उठेका जन गुनासोलाई आफनो टिमले पुरा गरेर देखाउने बताए । 

उनले बार्यक्रममा भाग लिएका वडा नं. ४ र ५ का स्थानीयलाई आफनो गुनासो राखिदिएकोमा धन्यबाद दिए ।

यसैगरी पालीकाका प्रमुख प्रशासकिय अधिकृत मुन्ना साह रौनीयारले यस्ता कार्यक्रमहरु हरेक वडामा आयोजना गरिने बताए । उनले आजको कार्यक्रममा उठेका बिषयलाई सुधार गर्दै गाउँपालीकाको बिकास गर्ने बताए ।

यसैगरी नेकपा एमालेका मधेश प्रदेश कमिटी सदस्य उमेश गुप्ताले गाउँपालिकाले आयाेजना गरेकाे सार्वजनिक सुनवाई कार्यक्रम एकदमै सराहनीय रहेको र यस पालिकाको हरेक जनता धेरै पीडित रहेको हुनाले यस्ता कार्यक्रमबाट यहाँको जनप्रतिनिधि र प्रमुख राजनीतिक दलले धेरै कुरा सिक्ने बताए ।

उनले यस कार्यक्रममा उठेका प्रश्ननहरु जायज भएको र यसमा आफ्नो पनि समर्थन रहेको बताए । यसका साथै उनले सबै मिलेर यस पालिकाको शिक्षा, स्वास्थ, रोजगारी लगायतका समस्यालाई समाधान गर्नुपर्ने कुरामा जोड दिए ।  

वडा नं. ४ का वडाध्यक्ष गम्भीरा प्रसाद कुर्मीको अध्यक्षतामा भएकाे कार्यक्रममा उप प्रमुख सुगान्धी देवी कनुइन, वडा नं. ५ का वडाध्यक्ष रामेश्वर प्रसाद कलवार, वडा सदस्य दारा सिंह पटेल, कार्यपालीका सदस्य, पालीकाका कर्मचारी लगायत स्थानीहरुको सहभागिता रहेको थियो । कार्यक्रमकाे सहजीकरण सहयोगी नेपालका केसी लामीछाने, रितेश त्रीपाठीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...