Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

रोहिंगिया मुस्लिमलाई देश निकालाकाे माँग गर्दै वीरगंजमा प्रदर्शन

spot_img
spot_img

वीरगंज । रोहिंगिया मुस्लिमलाई देशबाट निकाला गर्नुपर्ने माँग राख्दै हिन्दुवादी संगठनले वीरगंजमा विरोध प्रर्दशन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री र मुस्लिम आयोगका अध्यक्षको पुतला दहन गरेका छन् । शरणार्थीको रुपमा म्यानमार, बांग्लादेश, भारत र पाकिस्तान लगायतको देशबाट आएका रोहिंगिया मुस्लिमहरुलाई मुख्यमन्त्री लालबाबु राउत गद्दी र आयोगका अध्यक्ष समिम अंसारीले संरक्षण गरेको भन्दै पुतला जलाएर विरोध गरेका हुन ।

स्थानिय प्रहरी प्रशासनको कडा सुरक्षाका विच विश्व हिन्दु परिषद नेपाल पर्साका कार्यकर्ताहरुले प्रहरीलाई चुनौती दिदैं मुख्यमन्त्री लालबाबु र आयोगका अध्यक्ष अंसारीको पुतला दहन गर्न सफल भएका हुन । प्रहरीले हस्तक्षेप गरी पुतला नियन्त्रणमा लिन खोज्दा प्रहरी र परिषदका कार्यकर्ता विच केहि बेर घम्साघम्सी समेत भएको थियो ।

रोहिंगिया मुस्लिमहरु देशको लागि घातक रहेको भन्दै देश निकाला गर्नुपर्ने मुख्य माँग गर्दै वीरगन्जमा विरोध प्रर्दशन गरेका हुन । वीरगंजकाे माईस्थानमा भेला भएको परिषदका कार्यकर्ताहरुले वीरगंजमा विरोध जुलुस प्रर्दशन गरेका थिए ।

बिराेध जुलुशमा सहभागिहरुले रोहिंगिया मुस्लिमलाई देशनिकाला गर, रोहिंगियालाई नेपाल प्रवेश गराउँनेलाई कारवाही गर, मुस्लिम आयोग खारेज गर, ल्याउँन लागेको मदर्सा शिक्षा विद्येयक खारेज गर, समिम मियाँ अंसारी मुर्दाबाद लगायतको चर्काे नारा लगाएका थिए ।

माईस्थान मन्दिर प्राङ्गणबाट निकालिएको विरोध जुलुस, महाविरचौक, आर्दशनगर, अलखियामठ, विर्ता, गणेशमानचौक,पुन: माईस्थान हुँदै घण्टाघर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै परिषदका अध्यक्ष बृजेश मल्लिकले रोहिंगिया मुलुक देशको लागि खतरा रहेको भन्दै देश निकाला गर्नुपर्ने माँग गरे ।

उनले रोहिंगिया कट्टर मुस्लिम भएका कारण उनीहरुलाई मुस्लिम राष्ट्रले समेत आफनो देशमा प्रवेश गर्न नदिएको अवस्थामा नेपालमा प्रवेश गराएका यिनिहरुले भोलीका दिनमा नेपालमा ठूलो दुर्घटना निम्त्याउँन सक्ने भएकोले सरकारले अविलम्ब कारवाही गरी देश निकाला गर्नुपर्ने वताए ।

आफूहरुको माँगलाई राज्यले वेवास्था गरे देशभरी नै कडा आन्दोलन गर्ने उनले चेतावनी समेत दिए ।

साथै उनले न्यून संख्यामा आएका रोहिंग्या शरणार्थीहरू अहिले केहि संख्या बढेकोमा शरणार्थी परिचयपत्र, भत्ता र रोजगारीको माँग गर्दै आन्दोलन गरी रहेका छन, हरेक नेपालीको अधिकारमाथि कब्जा जमाउँन खोजेका छन, जुन राष्ट्रको लागि घातक छ, यिनलाई संरक्षण दिने मुस्लिम आयोगका अध्यक्ष अंसारीलाई समेत कारवाही गर्न माँग गरे ।

हालै जसपाका अध्यक्ष उपेन्द्र यादव, मुख्यमन्त्री गद्दी, आयोगका अध्यक्ष अंसारी लगायतको सहभागितामा इस्लामिक संगठन जमियत उलेमा ए-नेपाल नामक संगठनले साँत बुन्दे प्रस्ताव ल्याएपछि नेपाली जनता आन्दोलित बनेका हुन ।

ईस्लामिक संगठनले ल्याँएको प्रस्तावहरु समाजिक सदभावलाई खलल पार्ने एवं बहुसंख्यक नेपाली जनताको भावना विपरित रहेको भन्दै प्रस्ताव खारेजीको माँग गर्दै देशभरी नै आन्दोलन शुरु भएको छ ।

ईस्लामिक संगठनले बक्फ बोर्ड गठन, मदरसा विधेयक, नेपाल पसेका राहिंगिया, बंगलादेशी, भारतीय र पाकिस्तानी मुस्लिमलाई आधिकारीकता दिन र मुस्लिम परिवार कानून लगायत साँत बुन्दे माँग प्रस्ताव पारित गरेका थिए । मुस्लिम संगठनले ल्याएको प्रस्तावहरु देशको समाजिक सदभावलाई खलल पार्ने एवं बुहसंख्यक नेपाली जनताको भावना विपरित रहेको भन्दै खारेजीको माँग राख्दै उनीहरु आन्दोलनमा उत्रेका हुन ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...