Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

वीरगंजमा वुमन क्रियसनको साउन मेला सम्पन्न

spot_img
spot_img

वीरगंज । मारवाडी समुदायका महिलाहरुद्वारा संचालित वुमन क्रिएसनले वीरगंजमा ‘साउन धमाका’ मेलाको आयोजना गरेको छ । वीरगंजस्थित जैन भवनमा आयोजित मेलामा मारवाडी समुदायका महिलाहरुले आफैले उत्पादन गरेको विभिन्न प्रकारका खाद्य पदार्थ देखि कपडा तथा गिफ्टका सामानहरुको प्रदर्शन गरिएको थियो ।

यसैगरी वीरगंज कारगारमा रहेका कैदीबन्दीहरुले उत्पादन गरेको मुडा, रेनकोट, झुल, टोपी, पर्सलाई समेत प्रर्दशनमा राखिएको थियो ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले वीरगंज आर्थिक नगरी समेत भएकाले यस नगरमा रहेका महिला उद्यमीहरुलाई प्रोत्साहीत गर्न महानगरपालिकाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले महिलाहरुका लागि सिपमुलक तालिमको आयोजना गर्नुका साथै उनीहरुद्वारा उत्पादन गरिएको बस्तुहरुको बजारीकरणमा समेत सहयोग गर्ने बताए ।

नगर प्रमुख सिंहले यस्ता खालका कार्यक्रमले महिला उद्यमीहरुको हौसला बढ्ने भन्दै वुमन क्रिएसनले गरेको कार्यक्रमको प्रसंशा गरे । वुमन क्रिएसनकी अध्यक्ष हेमा अग्रवालले महिला सशक्तिकरणको विषय विभिन्न कार्यक्रमहरुमा उठ्ने गरेपनि उक्त महत्वपूर्ण विषय कार्यक्रममै सिमीत हुने गरेको बताइन ।

उनले महिलाहरुमा समेत पुरुष सरह उद्यम व्यापार गर्नसक्ने क्षमता भएको हुनाले त्यस्ता महिलालाई उद्यम क्षेत्रमा ल्याउन सरोकारवाला निकायले सहयोग गर्नुपर्ने वताइन ।

वुमन क्रिएसनकी सदस्य सुमोना बेर्नजीले अहिले पनि हाम्रो समाजले महिलालाई घर–परिवारको रेखदेख गर्ने रुपमा मात्र लिएको बताइन । यस्तो मानसिकतालाई चिर्न वुमन क्रिएसनले यसप्रकारको कार्यक्रमको आयोजना गर्दै आएको उनले जानकारी गराइन ।

यो मेला आयोजनाको उद्देश्य महिलाहरुको क्षमता अभिवृद्धिका लागि भएको अध्यक्ष अग्रवालले बताए ।

यस्तै वुमन क्रिएसनकी पूर्व अध्यक्ष नुतन सरावगीले पहिलेको तुलनामा अहिले महिलाहरुमा उद्यमशिल बन्नुपर्छ र आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने चेतना आएको बताए । उनले खास गरि मारवाडी समाजका महिलाहरुसंग व्यापार-व्यवसाय गर्ने ईच्छुक र योग्य भएता पनि विविध कारणले खुलेर आउन नसकेको बताए ।

सोही कुरालाई मध्य नजर गर्दै यो कार्यक्रमको आयोजना गरिएको उनकाे भनाई थियाे ।

पूर्व अध्यक्ष सरावगीले समाजमा थुप्रै महिला उद्यमीहरु भए पनि सरोकारवाला निकायको ध्यान पुग्न नसकेको गुनासो गरे ।

२००२ मा ४ जना महिलाबाट संचालन भएको वुमन क्रिएसन संस्थामा हाल ४० जना सदस्य रहेका छन् । यस संस्थामा मारवाडी समुदायका मात्र नभई पहाडी, मुस्लीम लगायत अन्य समुदायका महिलाहरुको पनि सहभागिता रहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मितेरी पुलबाट ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३...

सखुवा प्रसौनीको खाता खोल्न उपाध्यक्ष शर्मिलाको गाउँपालिका अध्यक्ष यादवलाई आग्रह

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसके पनि गाउँपालिकाको खाता सञ्चालन हुन नसकेको भन्दै गाउँपालिका...

घरजग्गा लिलामको विरोधमा एनआईसी एसिया बैंकअगाडि महिलाहरूको धर्ना

वीरगंज । ऋण चुक्ता गर्न तयार हुँदाहुँदै धितोमा राखिएको घरजग्गा बैंकले लिलाम गरेको आरोप लगाउँदै महिलाहरूको एक समूहले वीरगंजस्थित एनआईसी एसिया बैंकको वीरगंज शाखाअगाडि...