Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

भाेजपुरी समाजकाे अध्यक्षमा ठकुरी चयन

spot_img
spot_img

वीरगंज । नेपाल भोजपुरी समाज पर्साको अध्यक्षमा ध्रुव सिंह ठकुरी चयन भएका छन् । भोजपुरी समाज पर्साको शनिवार वीरगंजस्थित कन्ट्रिइन होटेलमा भएकाे एक भेलाले ठकुरीलाई सर्वसहमत अध्यक्षमा चयन गरेको हो ।

समाजको उपाध्यक्षमा ऋतुराज पटेल, मनोज पटेल, महिला उपाध्यक्षमा सलमा खातुन, सचिवमा राजेन्द्र सिंह राजपुत, सह-सचिवमा अजमत अली, कोषाध्यक्षमा अशोक कुशवाहा, सदस्यहरुमा अजित श्रीवास्तव, शिव संदेश, रंजित यादव, विभा मेहता, अनिता साह र जय साह सर्वसहमत चयन भएका छन् ।

त्यसैगरी भेलाले समाजकाे ३ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । सल्लाहकार समितिमा नेपाल भोजपुरी समाजका निर्वतमान अध्यक्ष रामदेव श्रीवास्तव, समाजिक अभियन्ता प्रकाश थारु र निवर्तमान कोषाध्यक्ष मनोज मिश्रलाई चयन गरेको छ ।

भोजपुरी समाजको यसअघि बसेको बैठकले संयोजकको जिम्मेवारी अध्यक्ष ठकुरीलाई दिएको थियो ।

सर्वसहमत रुपमा अध्यक्ष चयन भएका ठकुरीले पर्सामा भोपुरी भाषाको उथानको लागि समाजले जोडदार रुपमा काम गर्ने प्रतिक्रिया दिए । समाजको नियमित कार्यक्रमलाई संचालन गर्दै नयाँ कार्यसमितिले थप कार्यक्रम पनि तय गरी अगाडी बढने अध्यक्ष ठकुरीले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मितेरी पुलबाट ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३...

सखुवा प्रसौनीको खाता खोल्न उपाध्यक्ष शर्मिलाको गाउँपालिका अध्यक्ष यादवलाई आग्रह

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसके पनि गाउँपालिकाको खाता सञ्चालन हुन नसकेको भन्दै गाउँपालिका...

घरजग्गा लिलामको विरोधमा एनआईसी एसिया बैंकअगाडि महिलाहरूको धर्ना

वीरगंज । ऋण चुक्ता गर्न तयार हुँदाहुँदै धितोमा राखिएको घरजग्गा बैंकले लिलाम गरेको आरोप लगाउँदै महिलाहरूको एक समूहले वीरगंजस्थित एनआईसी एसिया बैंकको वीरगंज शाखाअगाडि...