Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

बहुदरमाईमा ७ महिलासहित ५३ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । पर्साको बहुदरमाई नगरपालिका वड़ा नं. ७ छपकैयामा साेमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । श्री हनुमान मन्दिर संचालन समितिको आयोजनामा भएकाे कार्यक्रममा ७ महिलासहित ५३ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्रमुख सराैभ राज पाण्डेले जानकारी दिए ।

पूर्ब वडा अध्यक्ष प्रभु पटेलको अध्यक्षतामा भएकाे कार्यक्रममा रोमा कुशवाहा,रीमा देवी, अनवर देबी, बबिता देबी, राधेश्याम शाह, चन्दू पटेल, रमोद कुशवाहा, बिकाश कुशवाहा, बिरेन्द्र कुशवाहा लगायतकाले रक्तादान गरेकाे उनले वताए ।

कार्यक्रमकी प्रमुख अतिथी बहुदरमाई नगरपालिकाकी उपमेयर सुष्मा कुशवाहाले रक्तदान जीवनको सब भन्दा ठुलो दान भएको वताउँदै सबैले रक्तदान गर्नु पर्नेमा जोड़ दिइन ।

नेकपा एमालेका नेता शिव पटेलले एक एक थोपा रगतले कसैको ज्यान बच्न सकिने भएकाेले रक्तदान महादान भएकाे वताए । 

रक्त संचार केन्द्र वीरगंजकाे प्राविधिक सहयाेगमा भएकाे रक्तदान कार्यक्रममा आयाेजक संस्थाका अध्य्क्ष जटाशंकर शर्मा, प्रभु पटेल, प्रमोद कुशवाहा, फकरोदिन देवान लगायतकाे सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मितेरी पुलबाट ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३...

सखुवा प्रसौनीको खाता खोल्न उपाध्यक्ष शर्मिलाको गाउँपालिका अध्यक्ष यादवलाई आग्रह

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसके पनि गाउँपालिकाको खाता सञ्चालन हुन नसकेको भन्दै गाउँपालिका...

घरजग्गा लिलामको विरोधमा एनआईसी एसिया बैंकअगाडि महिलाहरूको धर्ना

वीरगंज । ऋण चुक्ता गर्न तयार हुँदाहुँदै धितोमा राखिएको घरजग्गा बैंकले लिलाम गरेको आरोप लगाउँदै महिलाहरूको एक समूहले वीरगंजस्थित एनआईसी एसिया बैंकको वीरगंज शाखाअगाडि...