Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

अदालतको फैसला विपरित निजी विद्यालयहरुले लिने गरेकाे बार्षिक शुल्क फिर्ता गर्न माग

spot_img
spot_img

वीरगंज । अभिभावक संघर्ष समिति वीरगंजले साेमबार वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह र पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई ज्ञापन पत्र बुझाएका छन् ।

वीरगंजमा रहेका नीजी विधालयहरुको मनोमानी विरुद्ध स्वस्फूर्त रुपमा भेला भएर गठन गरेकाे संघर्ष समितिले सोमबार वीरगंज महानगरपालिकाका कार्यालयमा पुगि मेयर सिंहलाई र जिल्ला प्रशासन कार्यालयमा पुगी प्रमुख जिल्ला अधिकारी ढकाललाई ज्ञापन पत्र बुझाएकाे हाे ।

संघर्ष समितिले ज्ञापन पत्र मार्फत उच्च अदालतको फैसला विपरित निजी विद्यालयहरुले लिने गरेकाे बार्षिक शुल्क फिर्ता गर्न, प्रत्यक बर्ष पाठय पुस्तक परिवर्तन नगर्न, निजी विद्यालयकाे मनाेमानी शुल्क लिन कार्य बन्द गर्न, धराैटी शुल्क लिने कार्य बन्द गर्न, नयाँ भर्ना शुल्क नियम अनुसार लिन, पाेशाक खरिद गर्ने व्यवस्था खुल्ला गर्न, प्रत्यक दिन एकै किसिमकाे पाेशाक लागु गर्न माग गरेकाे छ ।

यसैगरी निजी विद्यालयकाे मनाेमानी /आफुखुशी ५० प्रतिशत सम्म मासिक शुल्क वृद्धि गर्ने कार्य बन्द गर्न, मासिक शुल्क वाहेक अन्य शुल्क लिने कार्य बन्द गर्न, निजि विद्यालयहरुले सम्पूर्ण अभिभावकहरुकाे भेला गरेर विद्यालय व्यवस्थापन समिति गठन गर्नु पर्ने, अभिभावक संघर्स समितिलाई प्रत्येक शिक्षा सम्बन्धि कार्यक्रममा प्रतिनिधित्व गराउनु पर्ने, विद्यालयकाे शुल्क बैंक वा विद्यालय लेखा शाखामा जम्मा गर्ने व्यवस्था गर्न, लिएकाे धराैटी फिर्ता गर्न र विद्यालय प्राङ्गण भित्र घटना दुर्घटना हुँदा उपचारकाे सम्पूर्ण व्यवस्था विद्यालयले गर्नु पर्ने माग गरिएकाे छ ।

गत शनिबार भेला भएका अभिभावकहरुले नीजी विधालयहरुको मनोमानी विरुद्ध चरणबद्ध आन्दोलन गर्ने भन्दै सन्दिप कुमार साहको संयाोजकत्वमा अभिभावक संघर्ष समिति गठन गरेका थिए । त्यहि समितिले सोमबार १४ बुंदे माग सहितको  प्रमुख जिल्ला अधिकारी ढकाल र मेयर सिंहलाई ज्ञापन पत्र बुझाएको कन्हैया पटेलले वताए ।

संघर्ष समितिले आफ्ना मागहरु समयमा कार्यन्वयन नभए चरणबद्ध आन्दोलन गर्ने र त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितीकाे जिम्मेवारी सम्बन्धि निकायकाे हुने जनाएकाे छ ।

ज्ञापन पत्र बुझ्दै मेयर सिंहले शिक्षा समिति गठन गरेर निजि विद्यालयहरुकाे शुल्क निर्धारण गरिने वताए । उनले सामुदायिक विद्यालहरुले पनि अंग्रेजी माध्येमकाे नाममा लिने गरेकाे शुल्क तुरुन्त खारेज हुने पनि वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...

उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध,...

मन्त्रीको अनुगमनपछि बस्तीपुर माविको शैक्षिक सुधारको आशा

लहान । लहान नगरपालिका–१४ स्थित श्री जनता माध्यमिक विद्यालय बस्तीपुरमा पछिल्लो समय शैक्षिक तथा भौतिक सुधारको अपेक्षा बढेको छ। लामो इतिहास बोकेको विद्यालयमा शिक्षा...