Date
शुक्र, जेष्ठ २९, २०८३
Fri, June 12, 2026

लागु औषधले पार्ने असर, चुनौती विषयक वक्तृत्वकाला सम्पन्न

spot_img
spot_img

वीरगंज । लागु औषध दुरुपयोग र अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवशकाे अवसरमा आइतबार वीरगंजमा लागु औषधले पार्ने असर, चुनौती विषयक वक्तृत्वकाला प्रतियोगिता सम्पन्न भएकाे छ ।

किशाेरी सशक्तिकरणकाे लागि शिक्षा कार्यक्रम अन्तर्गत भएकाे प्रतियाेगितामा कन्हैया साह प्रथम, श्रेया राय द्वितिय र प्रिया सर्राफ तृतिय भएका हुन् ।

कार्यक्रममा वाेल्दै बहुदरमाई नगरपालिकाका मेयर सिंगासन साह तेलीले अहिलेकाे युवा जमात गलत संगतका कारण लागु औषधकाे कुलतमा फसन्ने गरेकाे वताए । उनले गतल संगत र सल्लामा नलाग्न युवाहरुलाई आग्रह समेत गरे । 

नेपाली कांग्रेस पर्साका सह सचिव नविन सिंहले लागु औषध दुरुपयोग र ओसारपसार नियन्त्रणको लागि प्रहरीको भुमिका महत्त्वपूर्ण रहेको वताए । उनले प्रहरीलाई सहयोग गर्ने काम पनि समुदायको रहेको वताए ।

सह सचिव सिंहले यस्ता कार्यक्रमहरु सहर केन्द्रित मात्र नगरी ग्रामिण भेगका पालिकाहरुमा पनि गर्न आयाेजक संस्थालाई सुझाव दिए ।

पाेखरिया नगरपालिकाकी पूर्व उप मेयर सल्लमा खातुनले तनावका कारण कतिले र कतिले रहरले लागु औषध सेवन गर्ने गरेको वताईन । उनले भनिन “विशेष गरी युवाहरु विभिन्न किसिमकाे तनावले लागु औषध सेवन गर्छन भने कतिपय युवाहरुले हेराैं नि के रहे छ साेचेर गर्ने गरेका छन् । तर त्याे गलत हाे, त्यस्ताे गर्नु हुँदैन ।”

जिल्ला बाल क्लब समन्वय सञ्जाल पर्साका अध्यक्ष अर्जुन साहकाे अध्यक्षतामा भएकाे प्रतियाेगितामा बिन्दवासिनी गाउँपालिकाकी उप प्रमुख ज्याेति चाैरसिया, बहुदरमाई नगरपालिका वडा नं. ७ का वडाध्यक्ष विरेन्द्र प्रसाद यादव, वडा नं. ८ का वडाध्यक्ष पुनिलाल साह तेली, अवार संसार नेपाल अध्यक्ष मुकेश साह, दिव्य युवा क्लबका परियोजना संयोजक गणेश बहादुर ठकुरी, श्रीचन्दन जैसवाल, पत्रकार शम्भु कुमार सुमन, नितिन नरेन सिंह, दीपक पटेल, आदित्य साह लगायतकाे उपस्थिती रहेकाे थियाे भने कार्यक्रमकाे सञ्चालन दिवश सर्रफले गरेको थिए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पत्रकारकाे आन्दोलनमा राष्ट्रिय मुक्ति पार्टीका सहमहासचिव सम्मानीको ऐक्यबद्धता

वीरगंज । राष्ट्रिय मुक्ति पार्टीका सहमहासचिव नेजामुदिन सम्मानीले पत्रकारहरूको आन्दोलनप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा तथा पेशागत अधिकारको संरक्षण लोकतन्त्र सुदृढीकरणका लागि...

सरकारी विज्ञापन वितरणमा विभेदको विरोधमा पर्साका सञ्चारकर्मीको दोस्रो दिन पनि धर्ना

वीरगंज । सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदकारी तथा स्वेच्छाचारी निर्णय गरिएको भन्दै देशभरका सञ्चारकर्मीहरूले शुक्रबार दोस्रो दिन पनि जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना...

सिर्सिया नदी प्रदूषणमा उद्योग मन्त्रालयको चासो, मापदण्ड उल्लंघन गर्नेलाई कडा कारबाहीको चेतावनी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वीरगंजस्थित सिर्सिया नदी करिडोर क्षेत्रमा सञ्चालित उद्योगहरूबाट फोहोर पानी प्रशोधन नगरी वा मापदण्डविपरीत नदी तथा खोलामा सिधै...