Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

बगबन्नामा कांग्रेसकाे वडा स्तरीय प्रशिक्षण

spot_img
spot_img
वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. २ काे पर्सागढी नगरपालिका वडा नं. २ बगबन्नामा शनिबार नेपाली काङ्ग्रेसको एक दिने वडा स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
 
कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाली कांग्रेसका नेता एवम् प्रदेश सभा सदस्य राजेश्वर साहले सबै कांग्रेसीहरुलाई एक ढिका बनाएर अगाडी बढनु पर्ने वताए । उनले विगतलाई समिक्षा गर्दै सबै कांग्रेसहीहरु एक ठाउँमा उभेर पार्टीकाे प्रचार प्रसार लाग्नु पर्ने वताए ।
 
साेही अवसरमा प्रदेश सभा सदस्य साहले कांग्रेसका पूर्व वडा सभापति स्व. भागवती चाैधरीकाे स्मृति पार्टी कार्यालय निर्माणकाे लागि रु एक लाख एक हजार सहयाेग गर्ने प्रतिवद्धता समेत जनाए ।
 
वडा समितिकाे आयाे्जनामा भएकाे कार्यक्रममा कांग्रेस युवा नेता राकेश यादवले प्रशिक्षण दिएका थिए ।
 
रामचन्द्र महतोकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ (क) का सभापति बेदमन दास थारु, महाअधिबेशन प्रतिनिधि शैलेन्द्र चौधरी, युवा नेताहरू देव प्रकाश पटेल, रमेश यादव, सन्जिव मिश्र, देवनाथ महतो लगायत वडा स्तरका क्रियाशिल सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालक वडा सचिव सन्तोष महतोले गरेका थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...