Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

बगबन्नामा कांग्रेसकाे वडा स्तरीय प्रशिक्षण

spot_img
spot_img
वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. २ काे पर्सागढी नगरपालिका वडा नं. २ बगबन्नामा शनिबार नेपाली काङ्ग्रेसको एक दिने वडा स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
 
कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाली कांग्रेसका नेता एवम् प्रदेश सभा सदस्य राजेश्वर साहले सबै कांग्रेसीहरुलाई एक ढिका बनाएर अगाडी बढनु पर्ने वताए । उनले विगतलाई समिक्षा गर्दै सबै कांग्रेसहीहरु एक ठाउँमा उभेर पार्टीकाे प्रचार प्रसार लाग्नु पर्ने वताए ।
 
साेही अवसरमा प्रदेश सभा सदस्य साहले कांग्रेसका पूर्व वडा सभापति स्व. भागवती चाैधरीकाे स्मृति पार्टी कार्यालय निर्माणकाे लागि रु एक लाख एक हजार सहयाेग गर्ने प्रतिवद्धता समेत जनाए ।
 
वडा समितिकाे आयाे्जनामा भएकाे कार्यक्रममा कांग्रेस युवा नेता राकेश यादवले प्रशिक्षण दिएका थिए ।
 
रामचन्द्र महतोकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ (क) का सभापति बेदमन दास थारु, महाअधिबेशन प्रतिनिधि शैलेन्द्र चौधरी, युवा नेताहरू देव प्रकाश पटेल, रमेश यादव, सन्जिव मिश्र, देवनाथ महतो लगायत वडा स्तरका क्रियाशिल सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालक वडा सचिव सन्तोष महतोले गरेका थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...

बाढीपीडितका लागि प्याब्सन पर्साद्वारा १५ लाख रुपैयाँ राहत सहयोग

वीरगंज । बाढीपीडित तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको सहयोगका लागि निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्साले १५ लाख रुपैयाँ राहत सहयोग गरेको...