Date
सोम, साउन १८, २०८३
Mon, August 3, 2026

सखुवा प्रसाैनी गाउँपालिकाकाे बजेट ५७ करोड ६९ लाख

spot_img
spot_img

वीरगंज । पर्साको सखुवा प्रसौनी गाँउपालिकाको नवौं गाउँ सभा शुक्रबार सम्पन्न भएको छ । गाउँ कार्यपालिकाकाे कार्यालय सखुवा प्रसाैनीमा भएकाे गाँउ सभाले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ ।

गाँउ सभामा गाँउपालिकाकी उपाध्यक्ष शर्मीला विष्टले आगामी आर्थिक वर्ष २०७९/०८० काे लागि ५७ करोड ६९ लाख २१ हजार ५ सय ७६ रुपैयाको बजेट प्रस्तुत गरेकी हुन् । आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याइएको नीति , कार्यक्रम तथा बजेटमा शिक्षा, स्वास्थ्य र कृषिलाइ प्राथकितामा राखिएको गाँउपालिका अध्यक्ष यशवन्त यादवले बताए ।

नीति तथा कार्यक्रममा गाँउपालिकाको आफनै प्रशासनिक भवन निर्माणका लागि बजेट विनियोजन गरिएको जानकारी उनले दिए ।

यस्तै बाँकी रहेका तीन वटा वडामा बर्थिङ सेन्टरको भवन निर्माण गरि सन्चालन गरिने, ज्येष्ठ नागरिक, गर्भवती र सुत्केरी महिलाका लागि नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने, सर्वसाधरण बिरामीका लागि भने इन्धन शुल्क मात्र लिएर एम्बुलेन्स सेवा उपलब्ध गराइने यादवले बताए ।

महुवनमा रहेको प्रसिद्ध पारसनाथ मन्दिरलाई धार्मिक तथा पर्यटकीय स्थलका रुपमा विकास गरिने, पर्सागढी नगरपालिकामा रहेको कोइलाभार मन्दिरदेखि सखुवनीया हुँदै सिद्धपुरस्थित शीवधाम मन्दिर सम्मको क्षेत्रलाई पनि धार्मिक तथा पर्यटकीय स्थलका रुपमा विकास गरिने योजनामा पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहले जानकारी दिए ।

गाँउपालिका भरिका एक गाँउदेखि अर्को गाँउ सम्म जोड्ने सबै सडकलाई कालोपत्रे गरिने, पालिकामा १५ शैयाको सुविधा सम्पन्न अस्पताल निर्माण गरि सन्चालनमा ल्याइने योजना पनि नीति तथा कार्यक्रममा समावेश गरिएको उनले जानकारी गराए ।

पालिकामा रहेको एउटा सामुदायिक विद्यालयमा स्नातक तह सम्मको अध्ययन अध्यापन सन्चालन गरिने र युवालाई रोजगारीका लागि विशेष कार्यक्रम ल्याइने पनि उनले बताए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–७ मा चार महिनादेखि बाटो अवरुद्ध गरी घर निर्माण, स्थानीयको विरोध

वीरगंज । वीरगंज महानगरपालिका–७ रेल्वे रोडमा सार्वजनिक बाटो अवरुद्ध गरी निजी घर निर्माण गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । स्थानीय आनन्द चौधरीले करिब चार...

बालमैत्री सिकाइ वातावरणका लागि पटेर्वा सुगाैलीमा ४ कोठे विद्यालय भवनको शिलान्यास

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पटेर्वामा निर्माण हुने ४ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ । दिव्य विकास...

जबरजस्ती करणीको आरोपमा वीरगंजका निखिल सिंह पक्राउ

वीरगंज । १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले वीरगंजका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१३ राधेमाई निवासी अन्दाजी २८...