Date
आइत, भदौ १४, २०८३
Sun, August 30, 2026

परवानीपुर गाउँपालिकाकाे बजेट रु ४३ करोड ५४ लाख २१ हजार

spot_img
spot_img

वीरगंज । बाराकाे परवानीपुर गाउँपालिकाको १० औं गाउँ सभा शुक्रबार सम्पन्न भएको छ । परवानीपुरस्थित कृषि अनुसन्धान निर्देशनालयको सभाकक्षमा सम्पन्न सभामा आ.व. २०७९।०८० का लागि रु. ४३ करोड ५४ लाख २१ हजारको आय विवरण प्रस्तुत गरिएको थियाे ।

परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले आय विवरण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उनले संघीय वित्तिय समानीकरण रु. १० करोड ९१ लाख, संघीय सशर्त अनुदान चालु तर्फ रु. ९ करोड २७ लाख, संघीय सशर्त अनुदान पुजिगत तर्फ रु. १ करोड २५ लाख, संघीय सरकार समपुरक अनुदान रु. ४० लाख, संघीय सरकार विशेष अनुदान रु. ९ करोड ८० लाख, प्रदेश वित्तिय समानीकरण  रु. ७६ लाख २७ हजार, प्रदेश समपुरक अनुदान रु. २० लाख, प्रदेश विशेष अनुदान रु. ३० लाख, संघीय राजस्व बांडफांड रु ६ करोड ४४ लाख ४२ हजार, प्रदेश राजस्व बांडफांड  रु. २० लाख, आन्तरिक श्रोत अनुमानित रु. २ करोड, आ.व. २०७८।०७९ को नगद मौज्दात रु. २ करोड, प्राकृतिक श्रोतको रोयाल्टी रु. ५२ हजारको आर्थिक आय प्रतिवेदन प्रस्तुत गरेका थिए ।

गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको सभापतित्वमा भएको सभाकाे उद्घाटन नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री महिला नेतृ ज्वाला कुमारी साहले गरेकी थिइन । सभाकी प्रमुख अतिथी समेत रहेकी नेतृ साहले गाउँपालिकाकाे नीति, कार्यक्रम तथा बजेट राम्रो रहेको वताइन ।

उनले यसलाई सफल पार्न सके झन राम्रो हुने बताइन । सबै पक्षको सहयोग र सहकार्यबाट यसलाई सान्दार रुपमा सफल पार्न सकिन्छ भन्दै उनले ‘‘अहिले देखि नै सबैले आ–आफ्नाे ठाउँबाट काम शुरु गरि हाल्नु पर्ने वताइन । राम्रो संग काम गर्न सक्ने पालिकालाई प्रदेश र संघीय सरकारबाट थप अनुदान आउन सक्ने भएकोले यसमा विशेष ध्यान दिनुपर्ने उनले सुझाइन ।

नेतृ साहले पालिका भित्र विकास निर्माण संगै आर्थिक अवस्था कमजोर भएकाहरुको डाटा संकलन गरेर राहतका प्याकेज ल्याउनुपर्नेमा जोड दिइन । कृषि प्रधान देश भएर पनि यहांका कृषकहरु नै बढी समस्या भोग्न बाध्य भएकोले समाधान गर्न पालिका सक्नु पर्ने धारणा व्यक्त गरिन ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष कुर्मीले प्रस्तुत भएको बजेट नीति तथा कार्यक्रमहरु उत्कृष्ट रहेकोले यसलाई सफल पार्न सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको बताए । उनले गाउँ सभाबाट आएका महत्वपूर्ण राय सुझावहरुलाई आत्मसाथ गर्दै पुरा गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा परवानीपुर गाउँपालिकका उपाध्क्ष सुगान्धी देवी कनुईनी, नेकपा एमाले केन्द्रिय अनुशासन समितिका सदस्य एवं संविधान सभा सदस्य नेजमा खातुन, मधेश प्रदेश कमिटि सदस्यहरु सोचन प्रसाद यादव, लोसपाका जगत नारायण महतो, जसपाका संजु साह, नेकपा माओवादी केन्द्रका अजय पटेल, नेपाली कांग्रेसका लालबाबु यादव, नेकपा माओवादीका लालबहादुर पटेल लगायतकाे उपस्थिती रहेकाे थियो ।

पालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदिप कुमार राउतको संचालन गरेकाे सभामा शिक्षा अधिकृत विध्यानन्द प्रसाद यादवले स्वागत मन्तव्य राखेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...