Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

जगरनाथपुर गापाकाे ७ औं गाउँ सभा सम्पन्न, शिक्षालाई विशेष प्राथमिकता

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकाकाे ७ औं गाउँ सभा शुक्रबार सम्पन्न भएकाे छ । गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवकाे अध्यक्षमा सम्पन्न गाउँ सभाले अगामी आर्थिक बर्ष २०७९/०८० काे ४९ कराेड ३२ लाख बराबरकाे नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएकाे छ ।

जसमा  शिक्षा तर्फ ११ कराेड २४ लाख, स्वास्थ्य तर्फ २ कराेड २८ लाख, कृषि तर्फ १ कराेड २६ लाख, समाजिक विकास तर्फ दुई कराेड ४१ लाख, पूर्वधार विकास तर्फ १५ कराेड २३ लाख, समाजिक सूरक्षा तर्फ ८ कराेड र चालु तर्फ ९ कराेड बजेट विनियाेजन गरिएकाे गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंहले जानकारी गराइन ।

गाउँपालिका अध्यक्ष यादवले अगामी आर्थिक बर्षकाे नीती तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यालयहरुमा विद्यार्थीहरुलाई ल्याउ, टिकाउ र सिकाउ अभियान संचालन गरिने वताए । साथै उनले विद्यालयलाई आपंगता तथा बालमैतृ बनाइने वताए ।

उनले भने “कक्षा १० का विद्यार्थीहरुकाे लागि अतिरिक्त कक्षा संचालन गरिने छ । एसईईमा उत्कृष्ट अंक ल्याएर उतिर्ण हुने छात्र/छात्राहरुलाई प्राेत्साहनसहित छात्रवृति प्रदान गरिने छ ।”

अध्यक्ष यादवले गाउँपालिकाबाट प्रवाह हुने सेवा मुस्कानसहित प्रदान गरिने वताए । उनले सासु, ससुरालाई राम्राेसंग स्याहार सुसार गर्ने बुहारीलाई सम्मान गरिने समेत वताए ।

उनले बिजबनिया र औंराहमा बर्थिङ सेन्टर संचालन गरिने, प्रत्येक वडाकाे स्वास्थ्य चाैकीमा एमबिबिएस डाक्टरकाे व्यवस्था गरिने र गाउँपालिकामा १५ बेडकाे अस्पताल संचालनकाे लागि संघ र प्रदेश सरकारसंग पहलन गरिने वताए ।

उनले जगरनाथपुुर गाउँपालिकालाई समृद्ध र सुखी बनाउने दिर्घकालीन उद्देश्य अनुरुप आर्थिक सामाजिकविकासको मौलिक ढाँचामा गाउँपालिका अगाडि बढि रहेको वताए ।

गाउँ कार्यपालिकाकाे कार्यालय जगरनाथपुरमा भएकाे गाउँ सभाकाे नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले उद्घाट गरेका थिए ।

गाउँ सभा उद्घाटन सत्रमा नेपाली कांग्रेस पर्साका उप सभापति रानारायण कुर्मी, प्रवक्ता रमेश पाण्डे, काेषाध्यक्ष प्रेम थापा, क्षेत्रिय सचिव बलिष्टर अहमद, प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन राय, वडाध्यक्षहरु लक्ष्मी साह तेली, नेपाली प्रसाद कुशवाहा, सुभाष कुमार यादव, प्रभुनाथ प्रसाद नुनिया, बिहारी महताे नुनिया, अयाेध्या प्रसाद कुर्मी लगायतकाे सहभागिता रहेकाे थियाे भने कार्यक्रमकाे संचालन गाउँपालिका स्वास्थ्य संयाेजक प्रबेन्द्र साहले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मुसैलीमा तीन दिनभित्र दुई बालबालिकाको शंकास्पद मृत्यु, सौतेनी आमा प्रहरी नियन्त्रणमा

वीरगंज । वीरगंज महानगरपालिका–२९ मुसैली गाउँमा तीन दिनभित्र दुई बालबालिकाको शंकास्पद मृत्यु भएपछि प्रहरीले उनीहरूकी सौतेनी आमा रोशनी मिश्रा चौबेलाई नियन्त्रणमा लिएको छ । जिल्ला...

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार एवं राहतका लागि राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले रु तीन करोड आर्थिक सहयोग प्रदान...

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

नारायणगढ । बुधबार भोटेकोशी नदीमा गएको बाढीले नारायणी नदीमा बगाएर ल्याएको शवबाट कानमा लगाएको सुनको मुन्द्रा निकाल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।...