Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

कल बाइपास गर्ने भारतीय नागरिक वीरगञ्जबाट पक्राउ

spot_img
spot_img

वीरगंज । प्रहरीले कल बाइपास गरेको आरोपमा वीरगञ्जबाट एकजनालाई नियन्त्रणमा लिएको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले अवैध रुपमा कल बाइपास गरेको आरोपमा भारतका  इरफान सुफियान खानलाई वीरगञ्जबाट पक्राउ गरेको हो ।

ब्युरोबाट खटिएको टोलीले वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विशाल मल्लको सहयोगमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २ स्थित रेल्वे रोडस्थित मनान मियाँ तेलीको घरमा बसेर अवैध रुपमा कल बाइपास गरिरहेको अवस्थामा खानलाई मंगलबार दिउँसो पक्राउ गरेको जनाइएकाे छ ।

विशेष सूचनाका आधारमा प्रहरीले तेलीको घरमा छापामारी गरेर खानलाई भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (भीओईपी) कल बाइपास गरिरहेको अवस्थामा विभिन्न सामग्री र उपकरणसहित नियन्त्रणमा लिएको जनाएको छ ।

घटनाबारे थप अन्सन्धान भइरहेको र खानलाई जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सिआइबी काठमाडौंका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए । 

कसरी हुन्छ अवैध कल बाइपास ?

एउटा नेटवर्कदेखि अर्को नेटवर्कलाई जोड्ने काम गेटवेको हो । नेपालमा दुरसञ्चार प्राधिकरणबाट अनुमति लिएर टेलिफोन सेवा प्रदायक कम्पनीहरु एनसेल, एनटीसी, स्मार्टसेललगायतले अन्तर्राष्ट्रिय कल नेपालमा भित्र्याउने गरेका छन् ।

यो वैधानिक गेटवे हो । तर, कुनै गिरोहले त्यसरी नेपाल बाहिरबाट आउने कललाई वैधानिक गेटवेतिर प्रवेश गर्न नदिई आफ्नो रुटमा डाइभर्ट गर्छन् । र, अन्तर्राष्ट्रिय कललाई लोकल कलका रुपमा सम्बन्धित टेलिफोन वा मोबाइलसम्म पुर्‍याउँछन् ।

यही प्रक्रियालाई नै अवैध कल बाइपास भनिन्छ । प्रविधिका जानकारहरुका अनुसार दूरसञ्चारको गेटवेलाई बाइपास गरेर सिधै अवैध बाटोबाट सम्बन्धित ल्याण्डलाइन वा मोबाइलमा कल टर्मिनेट गराउने प्रक्रियालाई अवैध कल बाइपासको रुपमा बुझ्न सकिन्छ ।

कल बाइपास गर्दा दुरसञ्चार प्रदायककालाई जाने रकम जाँदैन । जस्तै–विदेशबाट नेपालमा आउने कलको रकम प्रतिमिनेट ९ रुपैयाँ छ भने भीओआईपीको प्रयोगपछि त्यो रकम ५ रुपैयाँमा झर्छ । त्योबीचको फरक ४ रुपैयाँ चाहिँ जुन देशबाट फोन आउँछ, त्यहाँका समूह वा सञ्जाललाई हुने फाइदा हो ।

त्यस्ता गिरोहले अन्तर्राष्ट्रिय कललाई आधिकारिक गेटवेबाट प्रवेश गर्न नदिई भीओआईपी वा जीओआईपी (जीएसएम ओभर इन्टरनेट प्रोटोकल) र दुरसञ्चार प्रदायकका सीम कार्ड प्रयोग गरेर अवैध बाटोबाट भित्र्याउँछन् ।

यसरी दुरसञ्चार वा एनसेलको सर्भरमा टर्मिनेट हुँदै सम्बन्धित व्यक्तिको फोनमा कल टर्मिनेट हुनु पर्नेमा सिधै प्रयोगकर्तामा कल टर्मिनेट गराउने गरिन्छ । त्यसपछि प्रयोगकर्ता समक्ष फोन आउँदा समेत लोकल नम्बर नै देखिन्छ ।

अधिकारीहरुका अनुसार नेपालमा कल बाइपास गर्नु अवैध भए पनि अहिले अवैध कल बाइपास गर्न मुख्य सर्भर राखिने गरेका सिंगापुर, थाइल्याण्ड, बंगलादेश, श्रीलंका लगायतका देशमा वैध छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम । मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ । हाल स्नातकोत्तर तहको एमपिए, कानुन सङ्कायतर्फ बीए एलएलबी र जनप्रशासन सङ्कायतर्फ बिपीएम...

चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू : जिप्रका पर्सा

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना आजदेखि लागू गरेको छ । आगामी बडादसैँ, तिहार, नेपाल संवत् तथा छठलाई शान्तिपूर्ण, सुरक्षित,...

फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट । रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार भएका ३७ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन विशेष...