Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

आवश्यक्ता भएको ठाउँमा मात्र गठबन्धन : नेता रिजाल

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस पर्साले स्थानिय तह निर्वाचनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेकाे छ । कांग्रेसकाे जिल्ला कार्य समिति पर्साले साेमबार बधाई तथा सम्मान कार्यक्रमकाे आयाेजना गरि नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेकाे हाे । 

वीरगंजीस्थत नगर सभागृहमा भएकाे कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले आवश्यक्ता भएको ठाउँमा मात्र गठबन्धन हुने बताए । उनले गठबन्धन गर्नु गलत कुरो नभएको तर आवश्यक्ता भएका ठाउँहरुमा मात्रै गर्नु पर्ने धारणा राखे ।

नेता रिजालले स्थानिय तह निर्वाचनमा वीरगंज महानगरपालिकामा गठबन्धनकाे अवश्यकता नभएपनि पार्टीका शिर्ष नेताहरुको निर्देशन अुनरुप गठबन्धन गरेर चुनाव लड्नु पर्ने, आफूहरुको रहर नभई बाध्यता भएको बताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेता रिजालले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई आफ्नो ५ वर्षे कार्यकालमा मालिक बनेर हाईन, जनताको सेवक भएर काम गर्ने सुझाव दिए ।  

पार्टीका पूर्व जिल्ला सभापति अजय द्विवेदीले गठबन्धन कै कारण भारतामा कांग्रेस पार्टी अ‍ोझेलमा परेको हुँदा नेपालमा पनि गठबन्धन गरेर अघि बढे कांग्रेसको पत्ता साफ हुने बताए । उनले आफू सुरुवातदेखि नै गठबन्धनको विपक्षमा रहेको बताउँदै आगामी संघ र प्रदेशको चुनावमा पनि गठबन्धन गरेर अन्य दलका नेताहरुलाई मत दिएर विजय गराउनु पर्ने अवस्था आए कांग्रेस पार्टी अझ बढी कम्जोर बन्दै जाने बताए ।

यसैगरी नेपाली कांग्रेसका वीरगंज महानगरपालिकाका नगर सभापति मणिन्द्र लाल नेपालीले पर्सा जिल्लामा नेपाली कांग्रेसलाई जोड्न निकै प्रयास गरेपनि असफल भएको बताए । उनले महानगर कार्य समितिले विभिन्न कार्यक्रमहरुको आयोजना गर्दा नेताहरु कहिलै उपस्थिति नभएको दुखेसो पोखे ।

आफूले आयोजना गर्ने कार्यक्रम व्यक्तीगत नभई चार तारे झण्डा र प्रजातन्त्रको मूल्य र मान्यता मान्ने पार्टीको भएको भन्दै कार्यक्रहरुमा सहभागिता जनाईदिन अनुरोध समेत गरे ।

कार्यक्रममा वक्ताहरुले गठबन्धन कै कारण पार्टीले चाहे अनुसारको परिणाम नआएको बताए । वक्ताहरुले गठबन्धनलाई ठगबन्धन भएको वताउँदै आगामी संसदिय तथा प्रदेश चुनावमा गठबन्धन नगर्न आग्रह गरे । गठबन्धनमा रहेका दलहरु कतिको ईमानदार छन् भन्ने कुरा जिल्ला समन्वय समितिको निर्वाचनबाट प्रस्ट भएको उनीहरुकाे भनाई थियाे ।

नेपाली कांग्रेसका पर्सा जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मधेश प्रदेशका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, जिल्ला कार्य समितिका उपसभापति रामनारायण प्रसाद कुर्मी, प्रदेश सभा सदस्य राजेश्वर साह, पर्सा क्षेत्र नम्बर ४ का सभापति एवम् जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादव, वीरगंज महानगरपालिकाका उप–प्रमुख ईम्तियाज आलम लगायतका नेता तथा कांग्रेसबाट निर्वाचित पालिकाका जनप्रतिनिधिहरुको सभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...

बाढीपीडितका लागि प्याब्सन पर्साद्वारा १५ लाख रुपैयाँ राहत सहयोग

वीरगंज । बाढीपीडित तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको सहयोगका लागि निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्साले १५ लाख रुपैयाँ राहत सहयोग गरेको...

जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगंजमा हुने

वीरगंज । जनमत पार्टीले आफ्नो दोस्रो महाधिवेशनको विस्तृत समयतालिका सार्वजनिक गरेको छ । पार्टीको दोस्रो महाधिवेशन आगामी २०८३ असोज १० गते शनिबार वीरगंजस्थित टाउनहलमा...