Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

सरकारले चिनी मिल चलाउँदैन : कांग्रेस प्रवक्ता महत

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीलाई राष्ट्रियतासँग जोडेर एमालेले आक्रमण गर्न खोजेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन पर्साले आइतबार वीरगञ्जमा आयाेजना गरेकाे पत्रकार भेटघाटमा उनले एमालेले आक्रमण गर्न खोजे पनि अहिले त्यो विफल भएको दावी गरे ।

‘स्थानीय चुनाव हारेको अवस्थामा फेरि कुनै एउटा राष्ट्रियतासँग जोडिएको मुद्दा खोजेर आक्रमण गर्दा सहज हुन्छ कि भनेर आक्रमण गरेका रहेछन्,’ उनले भने, ‘आरोप प्रत्यारोपको कुनै अर्थ छैन । सम्पूर्ण कुरा थाहा भइसकेको छ ।’

नेपाली कांग्रेस र कांग्रेसको नेतृत्वका सरकार नेपालको स्वार्थ र हितलाई केन्द्रित गरेर मात्रै परराष्ट्र नीति सञ्चालन गर्ने बताउँदै उनले स्टेट पार्टनरसीपको विषयमा पनि त्यसै हुने उनको दावी छ ।

स्टेट पार्टनरसीप प्रोग्राम कुनै सैन्य गठबन्धन नभएको दाबी गर्दै पूर्व परराष्ट्रमन्त्रीसमेत रहका उनले भने, ‘सैन्य गठबन्धनतर्फ उन्मुख हुन्छ कि भन्ने चासो र चिन्ता हुन्छ । त्यसलाई ध्यानमा राखेर सहभागी नहुने कुरा प्रधानमन्त्रीले भनिसक्नुभएको छ ।’

पत्रकारकाे जिज्ञासामा वाेल्दै प्रवक्ता डा. महतले सरकारले चिनी कारखाना चलाउन नसक्ने बताए । उनले चिनी कारखाना, जुत्ता कारखाना चलाएर सरकार नबस्ने बताए ।

नागरिकका न्यूनतम आवश्यकता पूर्ती गर्ने सवालमा सरकारले काम गर्ने भन्दै बाटो बनाउने, नहर बनाउने जस्ता कार्यक्रम गरे पनि व्यवसायीक काम नगर्ने बताए ।

‘होटल सरकारले चलाउने, जुत्ता, इटा कारखाना सरकारले चलाउने, चिनी कारखाना सरकारले चलाउने गर्दा देश अगाडी बढ्दैन, सरकार सहभागि हुने क्षेत्र छ,’ उनले भने, पूर्वाधार विकासको क्षेत्र सरकारले लिने हो । जहाँ निजी क्षेत्र आउँदैन ।

सरकारले सडक, सिंचाई, कुलो नहर तथा पूर्वाधारका काम गर्ने भन्दै नागरिकको न्यूनतम आवश्यकता पूर्ती गर्ने सवालमा भने सरकारको सहभागिता हुने बताए ।

‘अब अहिले जुम्ला जोड्ने सडक बना भन्यो भने निजी क्षेत्रले बनाउँदैन । प्रतिफल आउँदैन बनाउँदैन । सिंचाई, कुलो नहर बनाउन निजी क्षेत्र आउँदैन । खानेपानी घरघर पुर्याउने काममा पनि निजी क्षेत्रको लगानी अनुसार नागरिकले तिर्न सक्दैनन् ।’ उनले भने, ‘यो न्यूनतम आवश्यकता हो । त्यसैले यस्तोमा सरकारको सहभागिता अनिवार्य हुन्छ ।’

महतले संघ र प्रदेशको निर्वाचनमा पनि गठबन्धनको आवश्यकता रहेको वताए । कुनै एउटा दलले पूर्ण बहुमत ल्याउने कुरा कठिन रहेको बताउँदै उनले चुनाव अघि नै गठबन्धनका लागि सहमति हुनुपर्नेमा जोड दिए ।

स्थानीय तह निर्वाचनमा गठबन्धनकाे तालमेलमा भएका कमीकमजोरीको समीक्षा गरेर कसरी अघि जाने भनेर निर्णय गर्नुपर्ने उनको भनाई थियाे । केपी ओली सरकारले कोभिड–१९ को राम्रोसँग व्यवस्थापन गर्न नसकेको, भ्रष्टाचार बढेको र संवैधानिक मर्यादा कायम राख्न नसकेकोले गठबन्धन गरेको बताउँदै उनले त्यसको निरन्तरता आवश्यक रहेको बताए ।

प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण प्रसाद कुर्मीकाे सभापतित्वमा भएकाे पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका पर्साका सभापति जनारर्दन सिंह क्षेत्री, उप सभापति रामनाराय कुर्मी, नेता श्याम पाेखरेल, मधेश प्रदेशका महामन्त्री बृहस्पती कृष्ण श्रेष्ठ, पर्सा प्रवक्ता रमेश पाण्डे लगायतकाे उपस्थिती रहेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...

बाढीपीडितका लागि प्याब्सन पर्साद्वारा १५ लाख रुपैयाँ राहत सहयोग

वीरगंज । बाढीपीडित तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको सहयोगका लागि निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्साले १५ लाख रुपैयाँ राहत सहयोग गरेको...