Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

मतदाता नमावली संकलनकाे लागि घुम्ति शिविर संचालन गर्न माग

spot_img
spot_img

वीरगंज । मतदाता नमावलीमा महिला, दलित लगायत सिमान्तकृत समुदायकाे पहुँच सुनिश्चिताका लागि जिल्लास्थित सराेकारवाहरुसंग अन्तरक्रिया शनिबार वीरगंजमा सम्पन्न भएकाे छ ।

नेपाल पत्रकार महासंघ पर्साकाे सभाहलमा भएकाे कार्यक्रममा सहभागिहरुले मतदाता नमावली संकलनकाे लागि वडा/वडामा घुम्ति शिविर संचालन गर्नु पर्ने वताए । अझै पनि धेरै दलित तथा सिमान्तकृत समुदायका व्यक्तिहरुकाे मतदाता नमावलीमा नाम रहेकाे वताउँदै सहभागिहरुले नमावली संकलनकाे लागि घुम्ति शिविर संचालन गर्नु पर्ने माग गरे ।

कार्यक्रममा वाेल्दै दलित अगुवा प्रभु पासवानले सहज तरिकाले मतदाता नमावली संकलनकाे वतावरण मिलाउनु पर्ने वताए । उनले वीरगंजमा मात्र मतदाता नमावली संकलन हुँदा गाउँका गरिब तथा दलित व्यक्तिहरुलाई अप्ठयाराे हुने भएकाेले गाउँ गाउँ मै शिविर संचालन गर्नु पर्ने वताए ।

पर्साकी जिल्ला निर्वाचन अधिकारी रन्जिता झाले स्थानिय तह निर्वाचन अघि पर्सामा ५९ हजारले मतदाता नमावलीमा नाम दर्ता गराएकाे वताइन । उनले मतदाता नमावली संकलन कार्य सधै चलिरहने भएपनि निर्वाचनकाे समयमा मात्र मतदाता नमावलीमा नाम दर्ता गराउने परिपाटीले थाेरै कठिनाई भएकाे वताइन ।

कार्यक्रमकी प्रमुख अतिथी समेत रहेकी अधिकारी झाले थाेरै बजेट र स्राेत साधन अभावका कारण चाहे जस्ताे मतदाता नमावली संकलन कार्य गर्न नसकिएकाे वताइन । उनले जनचेतना अभाव र प्रचार प्रसारकाे कमि कारण पनि चाहेजतिकाे मतदाता नमावली संकलन नभएकाे वताइन । 

अहिले पनि जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय सुपाैलीमा मतदाता नमावली संकलन जारी रहेकाे अधिकारी झाले वताइन । उनले ग्रामिण भेगका ठाेरी, जगरनाथपुर, जिराभवानी र पटेर्वा सुगाैली गाउँपालिकाकाे लागि इलाका प्रशासन कार्यालयमा र वाकी पालिकाकाे लागि जिल्ला प्रशासन र निर्वाचन कार्यालय व्यवस्था मिलाइएकाे वताइन ।

गाउँ गाउँमा मतदाता नमावली संकलनकाे लागि निर्वाचन आयाेगमा आफूले पहल गर्ने समेत अधिकारी झाले आश्वासन दिइन ।

राष्ट्रिय दलित पत्रकार संघ पर्साका अध्यक्ष श्याम पासवानकाे अध्यक्षतामा भएकाे कार्यक्रममा समाजवदी प्रेस संगठन मधेश प्रदेशका संयाेजक बृजलाल पासवान, नेपाल पत्रकार महासंघ पर्साका काेषाध्यक्ष संजिव मिश्र, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनाेज पटेल, दलित अगुवा बुनेल राम, संगिता दास, सुशिल हाजरा, दलित सराेकार मंचका आइटी अफिसर सुनिल सरवरिया लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन निला रामले गरेकी थिइन ।

राष्ट्रिय दलित पत्रकार संघ पर्साकाे समन्वय र दलित सराेकार मंच नेपाल कंचनपुरकाे आयाेजनामा कार्यक्रम भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...

दुई दशकदेखि बन्द वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको बहस फेरि सुरु

वीरगञ्ज । दुई दशकभन्दा बढी समयदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालन गर्ने विषय फेरि चर्चामा आएको छ। सरकारले गत भदौ १ गते...