Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

मतदाता नमावली संकलनकाे लागि घुम्ति शिविर संचालन गर्न माग

spot_img
spot_img

वीरगंज । मतदाता नमावलीमा महिला, दलित लगायत सिमान्तकृत समुदायकाे पहुँच सुनिश्चिताका लागि जिल्लास्थित सराेकारवाहरुसंग अन्तरक्रिया शनिबार वीरगंजमा सम्पन्न भएकाे छ ।

नेपाल पत्रकार महासंघ पर्साकाे सभाहलमा भएकाे कार्यक्रममा सहभागिहरुले मतदाता नमावली संकलनकाे लागि वडा/वडामा घुम्ति शिविर संचालन गर्नु पर्ने वताए । अझै पनि धेरै दलित तथा सिमान्तकृत समुदायका व्यक्तिहरुकाे मतदाता नमावलीमा नाम रहेकाे वताउँदै सहभागिहरुले नमावली संकलनकाे लागि घुम्ति शिविर संचालन गर्नु पर्ने माग गरे ।

कार्यक्रममा वाेल्दै दलित अगुवा प्रभु पासवानले सहज तरिकाले मतदाता नमावली संकलनकाे वतावरण मिलाउनु पर्ने वताए । उनले वीरगंजमा मात्र मतदाता नमावली संकलन हुँदा गाउँका गरिब तथा दलित व्यक्तिहरुलाई अप्ठयाराे हुने भएकाेले गाउँ गाउँ मै शिविर संचालन गर्नु पर्ने वताए ।

पर्साकी जिल्ला निर्वाचन अधिकारी रन्जिता झाले स्थानिय तह निर्वाचन अघि पर्सामा ५९ हजारले मतदाता नमावलीमा नाम दर्ता गराएकाे वताइन । उनले मतदाता नमावली संकलन कार्य सधै चलिरहने भएपनि निर्वाचनकाे समयमा मात्र मतदाता नमावलीमा नाम दर्ता गराउने परिपाटीले थाेरै कठिनाई भएकाे वताइन ।

कार्यक्रमकी प्रमुख अतिथी समेत रहेकी अधिकारी झाले थाेरै बजेट र स्राेत साधन अभावका कारण चाहे जस्ताे मतदाता नमावली संकलन कार्य गर्न नसकिएकाे वताइन । उनले जनचेतना अभाव र प्रचार प्रसारकाे कमि कारण पनि चाहेजतिकाे मतदाता नमावली संकलन नभएकाे वताइन । 

अहिले पनि जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय सुपाैलीमा मतदाता नमावली संकलन जारी रहेकाे अधिकारी झाले वताइन । उनले ग्रामिण भेगका ठाेरी, जगरनाथपुर, जिराभवानी र पटेर्वा सुगाैली गाउँपालिकाकाे लागि इलाका प्रशासन कार्यालयमा र वाकी पालिकाकाे लागि जिल्ला प्रशासन र निर्वाचन कार्यालय व्यवस्था मिलाइएकाे वताइन ।

गाउँ गाउँमा मतदाता नमावली संकलनकाे लागि निर्वाचन आयाेगमा आफूले पहल गर्ने समेत अधिकारी झाले आश्वासन दिइन ।

राष्ट्रिय दलित पत्रकार संघ पर्साका अध्यक्ष श्याम पासवानकाे अध्यक्षतामा भएकाे कार्यक्रममा समाजवदी प्रेस संगठन मधेश प्रदेशका संयाेजक बृजलाल पासवान, नेपाल पत्रकार महासंघ पर्साका काेषाध्यक्ष संजिव मिश्र, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनाेज पटेल, दलित अगुवा बुनेल राम, संगिता दास, सुशिल हाजरा, दलित सराेकार मंचका आइटी अफिसर सुनिल सरवरिया लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन निला रामले गरेकी थिइन ।

राष्ट्रिय दलित पत्रकार संघ पर्साकाे समन्वय र दलित सराेकार मंच नेपाल कंचनपुरकाे आयाेजनामा कार्यक्रम भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...