Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

पेशागत महासंघ पर्साकाे भेला सम्पन्न, सुवदार यादवकाे अध्यक्षतामा जिल्ला समिति गठन

spot_img
spot_img

वीरगंज । पेशागत महासंघ नेपाल पर्साकाे जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम शनिबार वीरगंजमा सम्पन्न भएकाे छ । वीरगंजस्थित दुरसंचार कार्यालय श्रीपुरमा सम्पन्न भेलाले सुवेदार प्रसाद यादवकाे अध्यक्षतामा महासंघ पर्साकाे १३ सदस्यीय जिल्ला कार्य समिति गठन गरेकाे छ ।

नवगठित समितिकाे उपाध्यक्ष संजिव साह, महिला उपाध्यक्ष रुबि मिश्र, सचिव मनाेज साह, सह सचिव सरस्वती कुमारी, काेषाध्यक्ष लक्षमन बहादुर कुंवर, सदस्यहरु रामनाथ राउत, रामकिशाेर महताे, कृष्ण कुमार मिश्र, गेनालाल प्रसाद कुर्मी, शैलेन्द्र यादव, रामसवारथ साह र ग्रभु प्रसाद साह चयन भएका छन् ।

भेलाकाे उद्घाटन पेशागत महासंघ नेपालका राष्ट्रिय अध्यक्ष प्रेमल कुमार खनालले गरेका थिए ।

भेलाकाे उद्घाटन समाराेहमा संविधान सभा सदस्य एवम् नेकपा एकीकृत समाजवादीका पाेलिट ब्युराे सदस्य रामचन्द्र साह, पेशागत महासंघ मधेश प्रदेशका इन्चार्ज याेगेन्द्र यादव, सह इन्चार्ज संताेष सिंह, नारायणी अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्र लाभ, नेकपा एकीकृत समाजवादी पर्साका जिल्ला सचिव बिक्रम चाैरसिया, प्रगतिशिल राष्ट्रिय नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव हरिदेव यादव, कर्मचारी संगठनका अमित कुमार गिरी लगायतले मन्तव्य राखेका थिए । 

भेलामा मन्तव्य राख्ने वक्ताहरुले संघिय निजामती सेवा एेन नबन्नु दर्भाग्यपूर्ण भएकाे वताए । वक्ताहरुले संविधान बन्नेकाे धेरै समय भएपनि एेन नबन्नुले कर्मचारी प्रताडित हुनु परेकाे गुनासाे गरेका थिए ।

साथै विभिन्न स्थानिय तहमा कार्यरत करारका कर्मचारी विना कारण हटाउनु गलत भएकाे वताउँदै वक्ताहरुले त्यसकाे विराेध गरे ।   

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मितेरी पुलबाट ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३...

सखुवा प्रसौनीको खाता खोल्न उपाध्यक्ष शर्मिलाको गाउँपालिका अध्यक्ष यादवलाई आग्रह

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसके पनि गाउँपालिकाको खाता सञ्चालन हुन नसकेको भन्दै गाउँपालिका...

घरजग्गा लिलामको विरोधमा एनआईसी एसिया बैंकअगाडि महिलाहरूको धर्ना

वीरगंज । ऋण चुक्ता गर्न तयार हुँदाहुँदै धितोमा राखिएको घरजग्गा बैंकले लिलाम गरेको आरोप लगाउँदै महिलाहरूको एक समूहले वीरगंजस्थित एनआईसी एसिया बैंकको वीरगंज शाखाअगाडि...