Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

विश्रामपुरमा ५ महिलासहित २६ जनाद्वारा रक्तदान

spot_img
spot_img
वीरगंज । पर्साको बहुदरमाई नगरपालिका वडा नं. ७ बिश्रामपुरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । विश्व रक्तदाता दिवसको अवसरमा  भएकाे कार्यक्रममा ५ महिलासहित २६ जनाले रक्तदान गरेकाे नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाका सदस्य शिवनाथ यादवले जानकारी दिए ।
 
नेपाल रेडक्रस सोसाइटी विश्रामपुर उपशाखाका सभापति हासिम अंसारीको अध्यक्षतामा भएको कार्यक्रममा बहुदरमाई नगरपालिकाका नगर प्रमुख सिंघासन साह रक्तदाताहरुलाई रगत जम्मा गर्ने प्याकेट हस्तान्तरण गर्दे कार्यक्रमको शुभारम्भ गरेका थिए ।
 
कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष बिरेन्द्र प्रसाद यादव, ईब्राहिम देवान, अलिअसरगर देवान, हरिन्द्र साह, स्थानीय जसपाका नेत महन्थ यादव, उपशाखाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
 
कार्यक्रममा रक्त संचार केन्द्रका प्राविधिक जितेन्द्र कुश्वाहाको नेतृत्वको प्राविधिक टोलीले सहयोग गरेकाे थियाे भने कार्यक्रमका संचालन रेडक्रस सोसाईटी पर्सा शाखका सदस्य शिवनाथ यादवले गरेका थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...