Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

विश्रामपुरमा ५ महिलासहित २६ जनाद्वारा रक्तदान

spot_img
spot_img
वीरगंज । पर्साको बहुदरमाई नगरपालिका वडा नं. ७ बिश्रामपुरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । विश्व रक्तदाता दिवसको अवसरमा  भएकाे कार्यक्रममा ५ महिलासहित २६ जनाले रक्तदान गरेकाे नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाका सदस्य शिवनाथ यादवले जानकारी दिए ।
 
नेपाल रेडक्रस सोसाइटी विश्रामपुर उपशाखाका सभापति हासिम अंसारीको अध्यक्षतामा भएको कार्यक्रममा बहुदरमाई नगरपालिकाका नगर प्रमुख सिंघासन साह रक्तदाताहरुलाई रगत जम्मा गर्ने प्याकेट हस्तान्तरण गर्दे कार्यक्रमको शुभारम्भ गरेका थिए ।
 
कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष बिरेन्द्र प्रसाद यादव, ईब्राहिम देवान, अलिअसरगर देवान, हरिन्द्र साह, स्थानीय जसपाका नेत महन्थ यादव, उपशाखाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
 
कार्यक्रममा रक्त संचार केन्द्रका प्राविधिक जितेन्द्र कुश्वाहाको नेतृत्वको प्राविधिक टोलीले सहयोग गरेकाे थियाे भने कार्यक्रमका संचालन रेडक्रस सोसाईटी पर्सा शाखका सदस्य शिवनाथ यादवले गरेका थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...