Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

खुल्ला सरकार साझेदारी विषयक अभिमुखिकरण सम्पन्न

spot_img
spot_img

वीरगंज । मधेश प्रदेशकाे राजधानी जनकपुरधाममा खुल्ला सरकार साझेदारी विषयक अभिमुखिकरण कार्यक्रम बिहिबार सम्पन्न भएकाे छ । गैरसकारी संस्था महासंघ नेपालकाे आयाेजनामा भएकाे अभिमुखिकरण कार्यक्रमकाे उद्घाटन मधेश प्रदेशका आन्तरिक मामिला तथा संचार मन्त्री भरत प्रसाद साहले गरेका थिए ।

कार्यक्रमकाे उद्घाटन गर्दै मन्त्री साहले गैर सकारी संस्थाहरु समन्वय गर्न प्रदेश सरकार तयार रहेकाे वताए । उनले भने “सरकारलाई सहयाेग गर्ने गैर सरकारी संस्थाहरु नै हुन्, प्रदेश सरकार साझेदारी गर्न तयार छ ।” 

गैर सरकारी संस्थाहरुकाे काम समाजिक र समाजकाे हितकाे लागि भएकाे मन्त्री साहकाे भनाई थियाे ।

गैर सरकारी संस्था महासंघ मधेश प्रदेशका उपाध्यक्ष नागेन्द्र दुबेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रदेश सभा सदस्य मंजु यादव, बबिता चाैधरी, गैर सरकारी संस्था महासंघ नेपालका महासचिव अर्जुन भट्टराई, सूचना आयाेगका पूर्ण आयुक्त कृष्णहरी सापकाेटा लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन गैर सरकारी संस्था महासंघ पर्साका अध्यक्ष छठु साहले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम । मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रदेश सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल...