Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

जगरनाथपुरकाे दाेस्राे बाेर्ड बैठक सम्पन्न, विभिन्न समितिहरु गठन

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँ कार्यपालिकाकाे दाेस्राे बैठक सम्पन्न भएकाे छ । गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवकाे अध्यक्षतामा वसेको बैठकले गाउँ सभा बारे छलफल गर्दै विभिन्न समितिहरु गठन गरेकाे छ ।

गाउँ कार्यपालिकाकाे कार्यालय जगरनाथपुरमा बसेकाे बैठकले उपाध्यक्ष बबिता सिंह क्षेत्रीकाे संयाेजकत्वमा स्थानिय राजश्व परामर्श समिति गठन गरेकाे प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन रायले वताए ।

साथै उपाध्यक्ष क्षेत्री कै अध्यक्षतामा ३ सदस्यीय न्यायिक समिती समेत गठन भएकाे प्रमुख प्रशासकिय अधिकृत रायले वताए । न्यायिक समितीकाे सदस्यमा वडाध्यक्षमा बिहारी मह्तो नुनिया र लक्ष्मी साह तेली चयन भएका छन् ।

बैठकमा शिक्षा, स्वास्थ्य, कृषिसंगै युवाको रोजगारको बिषयमा समेत छलफल भएकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अग्रगामी मोर्चाको पर्सामा २१ सदस्यीय जिल्ला समिति गठन

वीरगंज । अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय सात दलीय बैठकले समावेशी सिद्धान्तका आधारमा २१ सदस्यीय जिल्ला स्तरीय मोर्चा गठन गर्ने निर्णय गरेको छ। बहुजन एकता...

मुसैलीमा तीन दिनभित्र दुई बालबालिकाको शंकास्पद मृत्यु, सौतेनी आमा प्रहरी नियन्त्रणमा

वीरगंज । वीरगंज महानगरपालिका–२९ मुसैली गाउँमा तीन दिनभित्र दुई बालबालिकाको शंकास्पद मृत्यु भएपछि प्रहरीले उनीहरूकी सौतेनी आमा रोशनी मिश्रा चौबेलाई नियन्त्रणमा लिएको छ । जिल्ला...

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार एवं राहतका लागि राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले रु तीन करोड आर्थिक सहयोग प्रदान...