Date
आइत, भदौ १४, २०८३
Sun, August 30, 2026

रक्तदाता दिवसको अवसरमा रक्तदान उत्प्रेरणा

spot_img
spot_img

वीरगंज । विश्व रक्तदाता दिवसको अवसरमा पर्साकाे पकहा मैनपुर गाउँपालिका वडा नं. १ धाेरेमा रक्तदान उत्प्रेरणा कार्यक्रम सम्पन्न भएकाे छ । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाकाे आयाेजनामा भएकाे कार्यक्रममा वाेल्दै पकाहा मैनपुर गाँउपालिका अध्यक्ष सुरेश मेहताले गाँउपालिकाका बासिन्दाहरुको लागी निशुल्क रगत उपलब्ध गराउने वताए ।

साथै रेडक्रस उपशाखा धाेरेकाे निर्माणधिन भवनलाई आफनो कार्यकालमै सम्पन्न गराउने, विभिन्न संस्थाद्वारा गरिने रक्तदान कार्यक्रममा हातेमालो गर्ने, रक्तसंचार केन्द्रको निर्माण हुने लागेको नयाँ भवनमा समेत गाउँपालिकाबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता अध्यक्ष मेहताले जनाएकाे रेडक्रस पर्साका राजन श्रीवास्तवले वताए ।

नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति विरेन्द्र राज कँडेलको सभापतित्वमा भएको कार्यक्रममा रेडक्रस पर्साका मन्त्री शैलेन्द्र कुमार चौरसिया, कोषाध्यक्ष महन्थ प्रसाद यादव, वडाध्यक्षहरु विनोद मेहता, संजय चौहान, ढेरी यादव, रेडक्रस उपशाखा धाेरेका कार्यवाहक सभापति त्रिलोकी द्विवेदी लगाउतले मन्तव्य मार्फत रक्तदाता दिवसको शुभकामना दिएका थिए ।

गाँउपालिकाका बासिन्दाहरुलाई लक्षित गरे संचालन गरिएको उत्प्रेरणा कार्यक्रमकाे संचालन रक्त संचार केन्द्रका प्रबिधिक अधिकृत सौरभ राज पाण्डेयले गरेका थिए ।

त्यसैगरि रक्तदाता दिवसकै अवसरमा विश्रामपुर उपशाखाकाे आयाेजनामा रक्तदान उत्प्ररणा कार्यक्रम सम्पन्न भएकाे छ ।

उपशाखाका सभापति हासिम अंसारीको सभापतित्व र रेडक्रस पर्साका कोषाध्यक्ष महन्थ प्रसाद यादवकाे प्रमुख आतिथ्यतामा भएकाे थियाे । कार्यक्रममा रक्त संचार केन्द्रका प्रविधिक अधिकृत शौरभ राज पाण्डेयले रक्तादानकाे बारे जानकारी गराएका थिए भने रेडक्रस पर्साका सदस्य शिवनाथ यादवले कार्यक्रम संचालन गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशी र नुवाकोटको त्रिशूली क्षेत्रमा गत बुधबार गएको बाढीले ठूलो जनधनको पुर्‍याएकाले...

एमाले मधेश प्रदेश कमिटीमा पर्साका ८ जना मनोनित

वीरगंज । नेकपा एमाले मधेश प्रदेश सचिवालय बैठकले पर्साका आठ जनालाई प्रदेश कमिटी सदस्यमा मनोनित गरेको छ । आइतबार बर्दिबासमा बसेको बैठकले पार्टीको संगठनात्मक...

वीरगंजमा १०० ग्राम ब्राउन सुगरसहित तीन भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले १०० ग्राम ब्राउन सुगर जस्तो देखिने लागूऔषधसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय...