Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

मनाेसामाजिक प्राथमिक तालिमकाे अध्यक्ष यादवद्वारा उद्घाटन

spot_img
spot_img

वीरगंज ।  बालबालिका तथा समावेशी शिक्षा संजालकाे सदस्यलाई मेन्टरिङ्ग र मनाेसामाजिक प्राथमिक सहयाेग सम्बन्धि ३ दिने तालिम वीरगंजमा सुरु भएकाे छ । भिस्वा हाेटलमा सुरु भएकाे तालिमकाे जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले उद्घाटन गरेका छन् ।

किशाेरी सशक्तिकरण लागि शिक्षा कार्यक्रम अन्तर्गत सुरु भएकाे तालिमकाे उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष यादवले महिला आत्महत्याकाे घटना बढ्दै गएकाे प्रति चिन्ता व्यक्त गर्दै त्यस तर्फ पनि ध्यान पुग्नु पर्ने वताए । उनले मनाेसमाजिक तर्फ जाेडेर भएपनि समाजिक जनचेतना फेलाउँदै आत्महत्याकाे घटनामा कमि ल्याउनु पर्ने कार्यक्रम संचालन गर्ने संस्थालाई सुझाव दिए ।

तालिम उद्घाटन समाराेहमा जगरनाथपुर गाउँपालिकाकी उपध्यक्ष बबिता सिंह क्षेत्री, जगरनाथपुर ५ का वडाध्यक्ष बिहारी मह्तो नुनिया, स्वास्थ शाखा प्रमुख प्रवेन्द्र साह, दिव्य युवा क्लबका कार्यक्रम संयाेजक गणेश ठकुरी लगायतले मन्तव्य राखेका थिए ।

दिव्य युवा क्लबकाे आयाेजनामा सुरु भएकाे तालिम असार २ गते सम्पन्न हुने आयाेजकले जनाएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मितेरी पुलबाट ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३...

सखुवा प्रसौनीको खाता खोल्न उपाध्यक्ष शर्मिलाको गाउँपालिका अध्यक्ष यादवलाई आग्रह

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसके पनि गाउँपालिकाको खाता सञ्चालन हुन नसकेको भन्दै गाउँपालिका...

घरजग्गा लिलामको विरोधमा एनआईसी एसिया बैंकअगाडि महिलाहरूको धर्ना

वीरगंज । ऋण चुक्ता गर्न तयार हुँदाहुँदै धितोमा राखिएको घरजग्गा बैंकले लिलाम गरेको आरोप लगाउँदै महिलाहरूको एक समूहले वीरगंजस्थित एनआईसी एसिया बैंकको वीरगंज शाखाअगाडि...