Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

सुरक्षित वैदेशिक राेजगारी सम्बन्धी पत्रकाहरुसंग अन्तरक्रिया

spot_img
spot_img

वीरगंज । सुरक्षित आप्रवासन (सामी) परियाेजना अन्तर्गत साेमबार वीरगंजमा सुरक्षित वैदेशिक राेजगारी सम्बन्धी पत्रकाहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

स्वदेश मै राेजगारी गराैं, वैदेशिक राेजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं नाराका साथ पर्साकाे वीरगंज महानगरपालिका, पर्सागढी नगरपालिका, सखुवा प्रसाैनी गाउँपालिका र ठाेरी गाउँपालिकामा संचालित सामी परियाेजना अन्तर्गत पत्रकारहरुसंग अन्तरक्रिया गरिएकाे हाे ।

नेपाल पत्रकार महासंघ पर्साकाे सभा हलमा भएकाे कार्यक्रममा वाेल्दै हेल्भेटास नेपालका कार्यक्रम अधिकृत शिवचरण राैनियारले वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिएर मात्र जान आग्रह गरे । उनले सबै स्थानिय तहबाट बैदेशिक राेजगारमा मानिसहरु गएपनि याे स्थानिय सरकारको प्राथमिकतामा नपरेको गुनासाे गर्दै बजेट समेत बिनयोजन नगरेको वताए । 

पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वीरगंज महानगरपालिकाका आर्थिक बिकास महाशाखा प्रमुख रादयाल यादव, दिव्य युवा क्लबका कार्यक्रम संयाेजक शम्भु साह, परामर्शकर्ता देवता रिजाल लगायतले परियाेजना बारे जानकारी राएका थिए ।

दिव्य युवा क्लबकाे आयाेजना भएकाे कार्यक्रममा ३ दर्जन जति पत्रकारहरुकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...