Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

सुरक्षित वैदेशिक राेजगारी सम्बन्धी पत्रकाहरुसंग अन्तरक्रिया

spot_img
spot_img

वीरगंज । सुरक्षित आप्रवासन (सामी) परियाेजना अन्तर्गत साेमबार वीरगंजमा सुरक्षित वैदेशिक राेजगारी सम्बन्धी पत्रकाहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

स्वदेश मै राेजगारी गराैं, वैदेशिक राेजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं नाराका साथ पर्साकाे वीरगंज महानगरपालिका, पर्सागढी नगरपालिका, सखुवा प्रसाैनी गाउँपालिका र ठाेरी गाउँपालिकामा संचालित सामी परियाेजना अन्तर्गत पत्रकारहरुसंग अन्तरक्रिया गरिएकाे हाे ।

नेपाल पत्रकार महासंघ पर्साकाे सभा हलमा भएकाे कार्यक्रममा वाेल्दै हेल्भेटास नेपालका कार्यक्रम अधिकृत शिवचरण राैनियारले वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिएर मात्र जान आग्रह गरे । उनले सबै स्थानिय तहबाट बैदेशिक राेजगारमा मानिसहरु गएपनि याे स्थानिय सरकारको प्राथमिकतामा नपरेको गुनासाे गर्दै बजेट समेत बिनयोजन नगरेको वताए । 

पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वीरगंज महानगरपालिकाका आर्थिक बिकास महाशाखा प्रमुख रादयाल यादव, दिव्य युवा क्लबका कार्यक्रम संयाेजक शम्भु साह, परामर्शकर्ता देवता रिजाल लगायतले परियाेजना बारे जानकारी राएका थिए ।

दिव्य युवा क्लबकाे आयाेजना भएकाे कार्यक्रममा ३ दर्जन जति पत्रकारहरुकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...