Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

जिसस पर्साका नवनिर्वाचित पदाधिकारीहरुद्वारा सपथ ग्रहण

spot_img
spot_img

वीरगंज । जिल्ला समन्वय समिति (जिसस) पर्साका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले साेमबार सपथ ग्रहण गरेका छन् । जिससकाे सभाहलमा सोमवार आयोजना गरिएको कार्यक्रममा जिससका प्रमुख निरन्जन साह साेनारलाई पर्साको मुख्य निर्वाचन अधिकृत न्यायाधिश धर्मराज पौडेलले सपथ खुवाएका हुन् ।

त्यसपछि प्रमुख साेनारले उप प्रमुख पुरण प्रसाद कुर्मी, सदस्यहरु रामप्रसाद यादव, सलिल मियाँ अन्सारी, विजय कुमार कुर्मी, सुशिला कामी, ब्यान्ति देवी कुर्मी र श्रीकान्ति देवी थरुनीलाई सपथ खुवाएका थिए । 

जिससमा निर्वाचित ९  जनाले सपथ ग्रहण गर्नु पर्नेमा एक महिला सदस्य अस्पताल भर्ना भएकी कारण सथप ग्रहण गर्न सकिन । सदस्य राजपति देवी (रेखा साह)को शनिबार राति हार्टअटैक भएपछि अस्पताल भर्ना भएकी कारण सपथ ग्रहण कार्यक्रममा उनी अनुपस्थित थिइन ।

प्रमुख निर्वाचन अधिकृत न्यायधीश पौडेलको अध्यक्षतामा भएको सपथ ग्रहण कार्यक्रममा संविधान सभा सदस्य एवं नेकपा एमाले पर्साका अध्यक्ष जयप्रकाश थारु, प्रदेश सभा सदस्य जन्नत अंसारी, वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, निवर्तमान जिससका प्रमुख नेक महम्मद अंसारी, जिससका निवर्तमान उप प्रमुख ठाकुर प्रसाद न्यौपाने, जसपा पर्साका अध्यक्ष रामनरेश यादव, पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, प्रहरी उपरीक्षक रमेश कुमार वस्नेत, सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेल, जिसस पर्साका जिल्ला समन्वय अधिकारी छविरमण भट्टराई लगायतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...