Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

धार्मिक सहिष्णुता खल्बल्याउन भइरहेकाे प्रयास राेकन माग

spot_img
spot_img

वीरगंज । विश्व हिन्दु परिषद नेपालले धार्मिक सहिष्णुता खल्बल्याउन भइरहेकाे प्रयास राेकन माग गरेकाे छ । परिषदले साेमबार पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई ज्ञापन पत्र बुझाउँदै जिहादी मानसिकता भएकाे तत्वले नेपालमा धार्मिक सहिष्णुता खल्बल्याउने दुष्प्रयास गरेकाे भन्दै गम्भिर ध्यानाकर्षण भएकाे जनाएकाे छ ।

हिन्दु परिषदले बुझाएकाे ज्ञापन पत्रमा भारतिय हिन्दूवादी नेतृ नुपुर शर्मा सहभागि रहेकी एक टिभी डिबेट शाे (कार्यक्रम) मा इस्लामिक स्कलरले हिन्दट्ठ धर्मावलम्बीकाे आस्थामाथि चाेट पुर्‍याउँदै देवी देवतामाथि अभ्रद टिपणी गरेका थिए । नेतृ शर्माले ईस्लाम धर्म ग्रहन्थमा उल्लेखित एउटा प्रशंगकाे चर्चा गर्दै प्रतिउत्तर दिएकी थिइन । तत्पश्चात नेतृ शर्माले इस्लाम धर्मकाे अपमान गरेकाे भन्दै भारतका विभिन्न ठाउँहरुमा ताेडफाेड सुरु भएकाे उल्लेख गरिएकाे छ ।

गत शुक्रबार वीरगंजसहित नेपालगंज, नवलपरासी, लगायतका स्थानहरुमा पनि नेतृ शर्माकाे विराेधमा मुस्लिम समुदायले प्रदर्शन गरेकाे थियाे । त्यसकाे भाेली पल्ट हिन्दु परिषदले पनि वीरगंजमा नेतृ शर्माकाे समर्थनमा प्रदर्शन गर्नुकाे साथै रैली निकालेकाे थियाे ।

अब फेरी अगामी शुक्रबार मुस्लिम समुदायले पुन: वीरगंजमा प्रदर्शन गर्ने तयारी गरेका छन् । शुक्रबार नेमाज पढी सकेपछि वीरगंजमा भव्य प्रदर्शन गर्ने मुस्लिम समुदायका अगुवाहरुले तयारी गरेकाे बुझिएकाे छ । विराेध प्रदर्शनकाे नाममा हुने उग्र पर्दशनका कारण धार्मिक सहिष्णुता फैलन सकिने सम्भावनालाई मध्यनजर गर्दै त्यस्ता गतिविधि राेकन पर्सा प्रशासन प्रयास समेत थालेकाे छ ।

साेही क्रममा ज्ञापन पत्र बुझाउन पुगेका हिन्दुवादी अगुवाहरुसंग पर्साका प्रमुख जिल्ला अधिकारी ढकालले छलफल समेत गरेका छन् ।  

हिन्दु परिषदले ज्ञापन पत्र मार्फत नेपालकाे एकता, अखण्डता, शान्ति सुरक्षा एव‌ं अमनचयनमा खलल पुर्‍याउन इस्लामिक जिहादी आतंकवादी संगठनहरुले नेपालकाे भूमि प्रयाेग गर्न सक्ने र पुरानाे इतिहास दाेहाेर्याउने सक्ने प्रबल सम्भावनालाई मध्यनजर गर्दै विशेष निगरानी गर्न समेत नेपाल सरकारलाई ध्यानकर्षण गराएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...

उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध,...

मन्त्रीको अनुगमनपछि बस्तीपुर माविको शैक्षिक सुधारको आशा

लहान । लहान नगरपालिका–१४ स्थित श्री जनता माध्यमिक विद्यालय बस्तीपुरमा पछिल्लो समय शैक्षिक तथा भौतिक सुधारको अपेक्षा बढेको छ। लामो इतिहास बोकेको विद्यालयमा शिक्षा...