Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026

पर्साकाे एक मात्र छिपहरमाईमा किन पुन: निर्वाचित भए गुप्ता ?

spot_img
spot_img

वीरगंज । पर्सासहित देशभर दाेस्राे स्थानिय तह निर्वाचन २०७९ सम्पन्न भएकाे छ । बैशाख ३० गते सम्पन्न स्थानिय तह निर्वाचन पश्चात पर्साकाे सबै पालिकामा कार्यपालिका सदस्यकाे निर्वाचन र जिल्ला समन्वय समितिकाे निर्वाचन समेत सम्पन्न भएकाे छ ।

पर्साकाे छिपहरमाई गाउँपालिका वाहेक सबै पालिकामा नयाँ नेतृत्व आएकाे छ । एक मात्र छिपहरमाई गाउँपालिका प्रमुखमा पुन: दाेस्राे कार्यकालकाे लागि मनाेज कुमार गुप्ता निर्वाचित भएका छन् । १४ पालिका रहेकाे जिल्लाकाे एक मात्र पालिकामा पुन: दाेस्राे कार्यकालकाे लागि गुप्ता निर्वाचित हुनु र अन्य १३ पालिकामा नेतृत्व फेर्नुकाे कारण के हाेला ? 

अन्य पालिकाकाे तुल्नामा छिपहरमाई गाउँपालिकामा ४.५ बर्षकाे कार्यकालमा स्थितर सरकार संचालन भएकाे पाइन्छ । २०७४ सालकाे स्थानिय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट छिपहरमाई गाउँपालिका अध्यक्षमा गुप्ता र साेही दलबाट उपाध्यक्षमा माेदिना खातुन निर्वाचित भएका थिए । तर यसपालिकाे निर्वाचनमा नेकपा एमालेबाट पुन: गुप्ता निर्वाचित भएपनि एमाले कै उपाध्यक्षका उम्मेदवार निर्वतमान उपाध्यक्ष खातुन पराजित भइन । पहिलाे कार्यकालमा गुप्ता निर्वाचित दलकाे बहुमत समेत थियाे ।

त्यसका कारण पनि गुप्तालाई पालिका संचालनमा सजिलाे भएकाे थियाे । अध्यक्ष गुप्ताले निर्णय गरेकाे अधिकांश कुराहरु लागु हुन्थ्याे र कार्यपालिका भित्रबाट पनि खासै उनले लिएकाे निर्णयकाे विराेध हुदैन थियाे । कार्यकारी अधिकृतहरु पनि अध्यक्ष गुप्ताले लिएकाे निर्णय लागु गर्नमा सहयाेग गर्थे । अन्य पालिकाकाे तुल्नामा छिपहरमाईमा प्रमुख प्रशासकिय अधिकृतहरु पनि कम फेरिए । अन्य पालिकामा बढीमा एक बर्षदेखि डेढ बर्ष सम्म एक प्रमुख प्रशासकिय अधिकृतहरुकाे कार्यकाल रह्याे भने छिपहरमाईमा एक प्रमुख प्रशासकिय अधिकृतले ३ बर्ष सम्म काम गरे ।

नेतृत्व फेरिएका १३ पालिका मध्ये अधिकांशमा त लामाे समय सम्म निमित प्रमुख प्रशासकिय अधकृतहरु कै भरमा संचालन भए । केहीमा प्रमुख प्रशासकिय अधिकृतहरु भएपनि उनीहरु लामाे समय सम्म एउटै पालिकामा काम गर्न सकेन । बढीमा एक बर्षदेखि डेढ बर्ष मै फेरि रहे । त्यस कारण पनि स्थितर सरकार संचालन हुन पाएन ।  

सुरुमा केही समय निमित प्रमुख प्रशासकिय अधिकृतकाे भरमा छिपहरमाई गाउँपालिका पनि संचालन भयाे । तर त्यसकाे केही समयपछि निमित फेरिए र प्रमुख प्रशासकिय अधिकृतमा देवनाथ साहकाे सरुवा भयाे । त्यस पश्चात ३ बर्ष सम्म उन कै नेतृत्वमा प्रशासनिक कार्यहरु संचालन भए । नेतृत्वकाे क्षमता र कार्यकारी अधिकृतकाे स्थितरता कारण अन्य पालिकाकाे तुल्नामा छिपहरमाईमा केही हद सम्म जन चाहना अनुसार काम भए । त्यस कारण पुन: दाेस्राे कार्यकालकाे लागि गुप्तालाई मतदाताले राेजेकाे वताइन्छ ।

यसैगरी पर्साकाे एक मात्र पटेर्वा सुगाैली गाउँपालिकाकी उपाध्यक्षमा पुन: दाेस्राे कार्यकालकाे लागि ममता महताे निर्वाचित भएकी छन् । अन्य जिल्लाकाे १३ पालिकाकाे उपाध्यक्षमा पनि नयाँ नेतृत्व आएकाे छ ।

यसैगरी पर्साका विभिन्न पालिका वडाध्यक्षहरु पनि फेरिएका छन् । दाेस्राे कार्यकालकाे लागि केहि वडाध्यक्षहरु मात्र पुन: निर्वाचित भएका छन् । 

यस कारण यसपालिकाे निर्वाचनमा पनि निर्वाचित जनप्रतिनिधिहरूकाे लागि दाेस्राे कार्यकालमा निर्वाचित हुन चुनाैतिपूर्ण हुन सक्छ । त्यसैले विगतकाे स्थानिय सरकार संचालबाट पाठ सिकेर यशपालिकाकाे कार्यकालमा काम गर्नु पर्ने देखिन्छ । 

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सरकारी निर्देशनविपरीत नारायणी अस्पतालमा दैनिक ज्यालादारीमा कर्मचारी भर्ना

वीरगंज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कर्मचारी नियुक्ति रोक्न सम्बन्धी निर्देशनविपरीत नारायणी अस्पतालले दैनिक ज्यालादारीमा कर्मचारी भर्ना गरेको पाइएको छ । अस्पतालले २०८३...

विश्व वातावरण दिवसमा गौतम माविद्वारा विद्यार्थीलाई निःशुल्क विरुवा वितरण

वीरगंज । विश्व वातावरण दिवसको अवसरमा गौतम माद्यमिक विद्यालयले विद्यार्थीहरूलाई विभिन्न प्रजातिका विरुवा वितरण गर्दै वातावरण संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू सम्पन्न गरेको छ । हरियाली संरक्षण...

इप्रका पाेखरियाद्वारा लागुऔषध मुद्दाका फरार प्रतिवादी कालिकामाईका केवट पक्राउ

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकाबाट लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पोखरियाले अदालतबाट सजाय तोकिएपछि फरार रहेका एक व्यक्तिलाई...