Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

जगरनाथपुरका अध्यक्ष यादवलाई वीरगंजमा सम्मान

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवलाई शनिबार वीरगंजमा सम्मान गरिएको छ । वीरगंज महानगरपालिकाकाे वडा नं. २४ मा एक कार्यक्रमकाे आयाेजना गरि नवनिर्वाचित अध्यक्ष यादवलाई सम्मान गरिएकाे हाे ।

जगरनाथपुर गाउँपालिका स्थायी घर भई अस्थायी रुपले वीरगंजमा बसोबास गर्दै आएका रामराज यादव, राजकिशोर यादव, छोटेलाल यादव लगायतका समुहले अध्यक्ष यादवलाई गमछा, माला र अबिरकाे टिका लगाएर सम्मान गरेका हुन् ।

साे समुहले अध्यक्ष यादवलाई सम्मान गर्नुकाे साथै बधाई तथा सफल कार्यकालकाे सुभकामना समेत दिएकाे कार्यक्रममा सहभागि नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का काेषाध्यक्ष बिनय द्विवेदीले वताए ।

नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित यादव कांग्रेस पर्सा क्षेत्र नं. ४ का सभापति पनि हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मितेरी पुलबाट ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३...

सखुवा प्रसौनीको खाता खोल्न उपाध्यक्ष शर्मिलाको गाउँपालिका अध्यक्ष यादवलाई आग्रह

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसके पनि गाउँपालिकाको खाता सञ्चालन हुन नसकेको भन्दै गाउँपालिका...

घरजग्गा लिलामको विरोधमा एनआईसी एसिया बैंकअगाडि महिलाहरूको धर्ना

वीरगंज । ऋण चुक्ता गर्न तयार हुँदाहुँदै धितोमा राखिएको घरजग्गा बैंकले लिलाम गरेको आरोप लगाउँदै महिलाहरूको एक समूहले वीरगंजस्थित एनआईसी एसिया बैंकको वीरगंज शाखाअगाडि...